प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकाको औपचारिक भ्रमणमा जाँदै समाचार June 14, 2022June 14, 2022 ३१जेठ,काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी महिना अमेरिकाको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ ।प्रधानमन्त्री देउवाको भ्रमणलाई लिएर विभिन्न राजनीतिक दलहरूले आशंका व्यक्त गरिरहेको बेला अमेरिकाले नेपालसँग सुरक्षा सम्झौता गर्ने प्रस्ताव गरेको खुलासा भएको छ । अमेरिकाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नामको सम्झौता गर्नका लागि त्यसको मस्यौदा नेपाल सरकारलाई बुझाएको खुलासा भएको हो । ६ पृष्ठ लामो र १० धारामा रहेको उक्त सम्झौताको मस्यौदामा अमेरिकी र नेपाली सेनाबीच उच्च हिमाली क्षेत्रमा सैन्य अभ्यास गर्नेदेखि नेपाली सेनाको व्यावसायिक क्षमता वृद्धिका लागि अमेरिका र नेपालमै तालिम दिने प्रस्ताव गरिएको छ ।मस्यौदामा अमेरिकाको युटा नेशनल गार्डले नेपालको कानुन बमोजिम नेपाली सेनाका ब्यारेक प्रयोग गर्न पाउने बुँदा पनि समेटिएको छ । सम्झौता मस्यौदाको धारा १ को उपधारा १ मा अमेरिकी नेशनल गार्डका साथै ‘कन्ट्रयाक्टर’ ले समेत सम्बन्धित गाडी र हल्का वायु यानहरू प्रयोग गर्नका लागि नेपालले अनुमति दिनुपर्ने उल्लेख रहेको छ ।