साइतामा केन ,फुकाया शि , यामागा स्थित शव गृहमा गौचनको अन्त्यष्टी सम्पन्न – प्रवास February 13, 2019 प्रेमिला गौचन , टोकियो । १३ -फ्रेव्रुवरी, बुधवार । मान्छेको जीवन के नै छ र ? आखिर मरे पछी २ दिन , खरानी हुन्छ , निर्जीव हुन्छ , बिस्वमा अनावश्यक आडम्वरको लागि युद्द भईरहेको छ । त्यो मृत्यु एउटा विचार र महत्वकांक्षाको लागि हुन्छ । तर साधारण व्यक्ति अकालमा मृत्यु हुन्छ भने पक्कै पनि त्यो कसैलाई पनि सह्य हुँदैन , झन खाउ खाउ, लाउ लाउ भन्ने उमेरका युवा जो उसका असिमित इच्छा, आकांक्षा हुन्छन , आफ्नो लागि , परिवारको लागि तथा समाज र राष्ट्रको लागि । त्यस्तै असिमित अभिलाषा लिएर जापान छिरेका कलीला उमेरका विजय गौचन थकाली ( माइकल ) को आज भावपूर्ण श्रद्दान्जली सहित जापानको साइतामा केनमा अन्त्यष्टी गरिएको छ । गत हप्ताको सोमवार विहान ७:३० बजे काममा जाने क्रममा साइकलमा हिडिरहेका गौचनलाई एक्कासी गाडीले ठक्कर दिदा घटनास्थलको नजिकैको रहेको अस्पतालमा उपचारको क्रममा उनको १०:५९ मा मृत घोषित गरेको थियो । आज बुधवार प्राय: नेपाली समुदायको छुट्टी नमिल्ने भएकोले मृतकका दाजु भाई (क्होछेतन क्हयु) जीवन गौचन तथा भरत गौचन तथा थसेसका पदाधिकारी लगायत सहपाठीहरुको रोहवरमा अन्त्यस्टी गरिएको थ से स (थकाली सेवा समिती ) जापानका अध्यक्ष बुद्दी गौचनले टेलिफोन मार्फत बताउनु भयो । अन्त्यष्टी गरिएको अस्तुलाई शुक्रवार रातिको उडान मार्फत निरज भट्टचनले नेपाल लैजाने कार्यक्रम रहेको छ । सो अस्तु जापानबाट उडेको भोली पल्ट शनिवार दिवाको करिव १:२० मा काठमान्डौमा पुग्नेछ । सो अस्तुलाई म्हेन्दो( मान्छेको आकार ) बनाई अन्त्यष्टी गरेको ७ दिनमा (स्याक्शुम) गरेर थकाली जातिको धार्मिक परम्परा अनुसार विसर्जन गर्रिनेछ । साइतामा केन ,फुकाया शि , यामागा ३९७ बान्ची १ नामक शव गृहमा आज दिउसो ३:३० मा अन्त्यष्टी गरिएको हो । काठमांडौ, बालाजु स्थित विनायक वस्तीमा अवस्थित थ से स मा रही सकृय रहनु भएकी आमा प्रेम कुमारी गौचन र बुवा इच्छा गौचनका छोरा विजय सुन्दर भविश्यको खोजिमा जापानको योकोहामा स्थित ग्रिग इन्टरनेशनल भोकेशनल कलेज उत्तिर्ण गरी साइतामा केन स्थित एक रिसाइक्लिङ कम्पनीमा सुश्योकु ( कम्पनी जागिरे ) भएका थिए । साइतामा केन। फुकायाशी तोमोरी सि ८८-१ मा सडक दुर्घटना परी मृत्यु भएका गौचनको जीवन विमाको दाविको वारेमा आवश्यक पहल भईरहेको थ से स जापानका संरक्षक सरद कुमार गौचन तथा अध्यक्ष बुद्धी गौचनले गर्नु भएको छ । जापानमा कम्पनी विमा तथा व्यक्तिगत विमा २ प्रकारको विमा अनिवार्य गर्नु पर्ने हुन्छ तर मृतक गौचनको जीवन विमा व्यक्तिगत भएकोले सो अनुसार प्रकृया अघि बढ्ने र कसको गल्तिका कारण दुर्घटना भएको तथ्य सडकमा राखिएका सिसी क्यामेराको फुटेजको अध्ययनबाट थाहा पाउने भएकोले हामीहरुले अहिले नै यसै भन्न नसकिने भनाइ संरक्षक गौचनको छ । यस प्रकृयाको लागि वकिलको पनि व्यवस्था गरेको जानकारी दिएका छन ।