You are here
Home > प्रवास > समस्याको बिच बाट अबसरको खोजी गरौ

समस्याको बिच बाट अबसरको खोजी गरौ

-लक्षमण गैरे

सुनेको छु जापान सम्पन्नता र समृद्धताले भरिएको सुन्दर राष्ट्र हो। मेरो बाल्यकाल नेपालको मलीलो अनि सुन्दर तराईको फाटमा बित्यो ,पढाईलाई निरन्तरता दीदै मैले फलामे गेट अर्थात एस.एल.सी परिक्षा पनि उत्तीर्ण गरे । अब सबैको धरमा त्यही चुलो न हो ।सबैलेकोमा पाक्ने खाना त्यही न हो ।कसैको सुन र कसैकोमा माटो पाकेको त पक्कै हुदैन ।नेपालको परिस्थिति भनौ या लाचारता या चलन,रोजगारिका लागि प्रदेश जानु पर्ने।निकै बिचार तथा गहन मनन पछिको मेरो निर्णय उच्च शिक्षा तथा उज्वल भबिष्यका लागि बिदेश नै उचित रहने कुरामा विश्वाश राखे
लगतै सानो परिवार निम्न घरायसी ब्यवहार र कठिन दैनीकिलाई उच्च स्थान सम्म पुर्याउने अठोट बोकेर जेनतेन ऋण जोह गरेरै भए पनि जापानिज भाषा पढ़्ने ब्यबस्था गरे ।के हुन्थ्यो गरिबको कर्ममा त्यही दुख न त हो ।यातायात शुल्क तिर्ने रकम नभएर कति पटक बिच बाटोमा नै ओर्लिएर राजमार्गको बाटो पैदल यात्रा गरेको अनुभव पनि संगालेको छु ।समय बित्दै गयो,समयको बाहब संगै अनतरमनका आकांक्षा र मनोबल तिब्र बन्दै आयो ।जापानिज भाषा परिक्षापनि आईसक्यो अब तयारी पनि राम्रै थियो ।लगन र पारिवारिक तितो यथार्थले परिक्षामा उतिर्ण हुन सफल भए ।निकै मोटो रकम र आर्थिक खर्च बिवरण मलाई हाम्रै एजेन्सीको शि़क्षक बाट जानकारी भयो।लक्ष्य प्रप्तीका लागि पसिना नै आउने रकम भएता पनि रहेको सानो खेत अनि घर धितोमा राखेरै पैसाको जोह मेरो बुवाले गर्नुभयो ।धन्य छु मेरा माता पिता प्रती ।समयको चक्र संगै भिषा लागेको खबरले मेरा आखा बाट आसुँ नै झर्यो ।सबै कुरा बिर्सिएर म देबी देउता अनि बुवाआमाको धन्य भए,मेरो पुकार अनि मेरो सपना साकार हुने कुरामा बिस्वस्त भय।
मनको रहर भरी सपनाका संसार सजाएर म जापान प्रबेस गरे ।सुनेको थिए निकै सहयोगी हुन्छन जापानीहरु। तर जुन दिन एयरपोर्टमा अवतरण गरे मेरो मननै मरेर आयो ।कलेज सम्म बसमा जानु पर्ने रहेछ ।निकै बिशाल अनि मेरो दृष्टि बाट धेरै टाढाको रहेछ जापान ।भाषा त त्यही न हो नाम ,कुन देशको हो ,कति जना परिवार छन ..ईत्यादी ।बसको टिकट काट्ने ढंग समेत भएन मेरो ।एकजना चाईनीज साथी थियो । अङ्रेजी निकै राम्रो बोल्थ्यो ।अनिहरुको देश पनि बिकशित छ,यस्तै यस्तै होला भन्ने सोचले लाज मान्दै सोधे टिकट कता काट्ने हो ।उसले भरपुर सहयोग गर्यो ।एक मनले हाम्रो गउँको अगुवा अनि सम्सत राष्ट्र लाई सम्झिएर धिक्कार्न मन लाग्यो ।राजनिती होईन तिमीहरुको भाडाकुडी खेल हो ।
होस अब के गर्ने ठिकै छ भन्दै म त्यही साथि संग बसमा चढेर कलेजको होस्टल सम्म पुगे।बिस्तारै जापानको समाजमा रहन सहन गर्न थालियो। कामको आवस्कता परेको थियो,नेपालीहरु जापानमा ८००००/- को हाराहारीमा छन भन्ने बुझेको थिए।अवस्य पनि सहयोग गर्नेछन भन्ने मनसाय बनाएर एक जना नेपालीलाई कामका लागी गुहार माँगे।निकै हाईफाई अनि चमक झमकका साथ“भाई भोली भेटौला आज मलाई फुर्सद छैन भनेर जानुभयो ।एक्लो भएको मेरो मन ,बुवा आमाका काख छोडेर परदेसिएको म निकै भावुक र अशक्त भएको महसुस गर्न पुगे । खानेकुरा किन्ने ढंग समेत भएन मेरो ।पैसाको अभाबमा एउटा पाउरोटी कहीले एउटा भातको डल्लो (ओनीगिरी)खाएरै बित्यो।एन.आर.एन.ए भन्ने एउटा संस्था पनि हुन्छ बिदेशमा भन्ने कुराको खासै थाहा नभए पनि दिन दुखी आपत बिपत पर्दा नेपाललाई सहयोग गर्छ भन्ने चाही थाहा थियो ।मेरो ब्यक्तिगत जीवनको कुरा कसरी सुनाउने ..छी नमर्दा भन्छन भनेर मेरो ऑट पनि आएन ।न त आजका दिन सम्म एन.आर.एन.ए जापानले नेपाल बाट अध्यनका लागी आउने बिध्यार्थी र कन्सल्टेनसीको एकतामा बिमान्स्थल पिक अप नत कुनै बिध्यार्थी सहजताका निम्ती काम नै गरेको छ र भन्ने कुरा मेरो एक नेपाली अग्रज बाट सुने ।चर्को रकम मा एन.आर.एन .ए को चुनाब अनि महंगो पार्टी तथा भोज भत्तेरमा सहभागीका लागि मात्रै पहल गर्ने गर्छ भन्ने कुराले मेरा आशाहरु बालुवामा पानी हाले सरह भए ।दिन बित्दै गए ।नेपालीहरुले आत्महत्या गरेका खबर पनि धेरै सुने ।कस्ता हुन्छन है हाम्रो नेपाली दाई दीदीहरु किन यस्तो लाजमर्दो कार्य गरेका होलान ।धिक्कार भन्न मन लाग्थ्यो ।सुन्दर छ हाम्रो जीवन यसो गर्न नहुने हो किन यस्तो गर्छन भन्ने कुरा मनमा निकै खेली रहन्थ्यो ।अब त जापाननी भाषाको स्कुल पनि सकिन लागेछ ।जापानिज भाषा पनि सजीलो बन्दै आयो ।कामको धपेडि ,पढाइको असहजता,खानपिनक अनुकूल र साथको एक्लो भएको मन मेरो सधै नेपालमै हुन्थ्यो ।कहीले काही संस्कृतिक कार्यक्रमहरुमा सहभागी बन्न मन लाग्थ्यो तर शनिबार आईतबार बाहेकका दिन नमिल्ने म कहील्यै उपस्थीत भने हुन सकिन ।घरमा फोन मेरो ईन्टरनेटको मार्फत हुन्थ्यो ।सधै सोध्नु हुन्थ्यो बुवाले सन्चै छ ,नआत्तीनु सबै कुरा बिस्तारै ठिक हुन्छ ।मनलाई समाल्हन सक्ने प्रेरणा जति पनि पाउथे ।

detailed illustration of a red stop Suicide sign, eps10 vector

गार्हो भयो एक्लो जीवन,घर पनि धितोमा छ ,उच्च शिक्षिका लागी अझै कति लगानी गर्नु पर्ने हो ।सधै एकेहोरी रहन्थ्यो ।थाकेको सरीर लगेर कोठाको कुनामा रहेको ओछ्यानमा पल्टाउथे।निन्द्रा पनि कसरी आओस,नत खानाको ईच्छा लाग्थो नत पढाईको,धेरै हुन्थे पढ्न पर्ने पाठहरु,सम्झेरै दिक्क लागेर आउथ्यो ।बिस्तारै बिस्तारै साथीहरुको संगतले चुरोट रक्सीको बानी पार्यो ।निकै चुरोट पिउने गर्थे ।मानसीक तनाव ,दैनिकी दिनचर्या ,अस्वास्थ्य खानपिनको समय ,अनि पैसाको अभाव ।म सधै जसो रुन्थे । तर जापानिज भाषामा गाम्बारो भन्ने शब्दको सम्मान अनि साथलाई अंगालेर मैले गाम्बारिमसु गर्दै गए। जिन्दगी देखेर मलाई निकै नरमाईलो लाग्थ्यो।तर सोचेको थिए मैले ,मेरो सपना अनि मेरो उज्वल भबिष्य ।समय न त हो बगीरहन्छ ।बगेको समयमा मैले धेरै दुख अनि सुखका भावहरुलाई मेरो बल्छीमा छोपेको छु ।जिन्दगी भनेको संघर्ष हो ।एक परिक्षा हो ।सबैकुरामा ध्यान दिने अठोट गरे ।मैले सरसफाई ,खानपिन,समय सुचीमा मात्रै थोरै परिवर्तन गरे ,सबै कुरा सहज भए जस्तो लाग्यो ।रोग नभए न त म मेरा पाखुरा बज्रान सक्छु ।नियमित खाना खाए न त म स्वास्थ हुन्छु भनेर परिवर्तन सुरु गरेको म साच्चै नै धेरै सुधार भएको महसुस गरे ।प्रथाना गर्ने गर्थे जति पनि नेपाली बिध्यार्थी दिदीदाई आउनु भएको छ सबैले सोच परिवर्तित होस ।मानसिक तनाबले मानिसलाई ग्रस्त बनाउछ भन्ने कुरा समयमा बुझ्न आवस्यक छ। “चिन्ता चिन्ता हरबखत चिन्ता ,चिन्ताले धेरै मानिसलाई चितामा पुर्याएको देखेको छु”।परामर्श अनि साहसी र बलीयो सुझाब अनि बोलीको खोजमा भौतारीदै हिडेका मान्छेहरु आत्मात्याग गरेको सुन्दा निकै छाती पोलेर गहन मननमा डुबिरहन्थ्ये ।आज मेरो कम्पनिमा पहिलो काम हो ।अस्थायी जागीर पाएको छु ।होटेलको फ्रन्टमा ।पहिलो तलब राम्रै बुझेको छु ।बिस्तारै सबै कुरा आन्नदको भएको छ ।म सधै हिड्ने गरेका बाटाहरु दुब्लाएका छन, सबै रुखहरु नाचेका छन ।आहॉ ,अहंकारम अनि सुन्दरम को भावना प्रफुल्लित भएको छ ।आत्महत्या गरेका साथीहरु तिमीहरुले गलत गर्यौ ।के आत्महत्या समस्याको हल थियो ।तिमीलाई किन्ने कात्रो अनि तिम्रो कलिलो देह माथी चढ़ाईएका फुलहरुको एक एक हिसाब तिम्रा बुवाको ॠण रकममा थपेर गयौ ।जन्म दीने आमाको काख खाली बनाएर ,आशुका लहरे छालहरु दिएर गयौ ।
नदुखेको टाउकोमा नाम्लो लगाएर दुखाएर गयौ ।एक मात्र साहार तिमी टुटेर गयौ ।मलामीहरुको अपशब्द अनि धृण्णाहरु बोकेर गयौ ।एक समस्या तर हजार समस्याका बिजहरु रोपेर गयौ ।तिमीले भुमरीमा फुलपाती अनि जल चडाएर गयौ ।तिम्रो चिसो लाश दुनियालाई चटक अनि सबैको मुटुमा गुलाबको लोभ देखाई काडैकाडॉ घोचेर गयौ ।
म संग अब बाँचा गर ।तिमी मेहीनत गर्ने छौ ।प्रण गर आत्महत्या गर्ने छैनौ। गाम्बारे गर्ने छौ ।सबैको माँझ मुस्कुराउने छौ ,फल्ने छौ ,फुल्ने छौ,चम्किने छौ ।र अन्त्यमा भन्न चाहन्छु आत्महत्या समस्याका हल होईन।

आत्मलेख कल्पित पात्र अनि समसामाजीक बिषयबस्तुमा आधारित छ ।कसैको जिबवमा मेल भएमा संयोग मात्रै हुनेछ ।

2 thoughts on “समस्याको बिच बाट अबसरको खोजी गरौ

  1. नीकै उत्कृष्ट अनि प्रेरणादाई लेख salut छ यो समय सान्दर्भिक लेख लाई

Leave a Reply

Top