You are here
Home > प्रवास > नाता

नाता

-विष्णु प्रसाद घिमिरे

बर्षौं भयो मैले उन्लाइ देखेको,भेटेको,चिनेको
अनि उन्ले मलाइ पनि
उनि मुस्कुराँएका विहानिहरु
हतास हतासमा दौडिएका दैनिकिहरु देखेको छु मैले
र कयौं साँझहरुमा एक्लै एक्लै गुनगुनाएको
सुनेको पनि छु ।।

उन्का जिवनका हर उताव चढाव सगं परिचित छु म
उन्ले देखेका भोगेका सुख दु: ख महसुस गर्न सक्छु म
उन्लाइ राम्रो/नराम्रो लाग्ने सवै कुराहरुको जानकार हँु म
उन्लाइ सुहाएका सवै बस्त्रहरुको डिजाइनर हँु म ।
भनौं अचेल त उन्को अघोषित पथ प्रदशक हुँ म ।

विगतमा कयौं पल्ट ,उन्ले खाँदा/पिउँदा
मैले भोक प्यास मेटेको छु
मेरै नक्कलमामा उन्ले कयौं तस्विर लिएकि छन
उन्लाइ म नहाँसेको फ़ोटो मन पर्दैन रे
मलाइ उन्का निरश स्टाटसहरु मन पर्दैन
मेरा कयौं नरमाइला ति अंधेरि रातहरुमा
उनि जुनकिरि बनेर आएकि छन
म कयौं पल्ट उन्को बशन्तमा
कोइलि बनेर कोहोलिएको छु ।।

म मात्तिदाँ र आत्तिदा
सयौं कोस परबाट उन्ले सम्हालेकि छन
उनि बिरक्तिँदा…म पग्लिएको छु
उनि हाँस्दा रमाँउदा …मलाइ
ल्होसार ,होलि,दशैं,तिहार,ईद,क्रिसमस
यि सवै चाडवाड एकै चोटि आए झैं लाग्छ
यि यस्ता दु:ख ले छुन नमिल्ने
सुख खस्न नमिल्ने गरि
न्यानो अँगालोमा चपक्क बेरिरहुँ जस्तो लाग्छ
सायद उन्लाइ पनि त्यस्तै केहि लाग्दो हो ।।

गफिंदा गफिदैं कयौं पल्ट उन्ले मलाइ सोधेकि छन
“हाम्रो भेट कहिले होला है ?”
साथि भाइ,इष्ट मित्र,छरछिमेकिले त
हाम्रो बर्षौं देखिको अफयेर ठान्छन
कसैले त सम्बन्धमा थिय पनि भन्छन
अझ आफन्तहरुले त “नैतिक र अनैतिक”को समेत चर्चा गर्छन
फेरि तिमि भेट्ने कुरा गर्छयौ ??
तिमि र म त बिपरति दिशामा बगेका नदि हौं
न वहाब फेर्न सक्छौं ! न बिचको भँगालो नाग्न नैं !!

त्यसो हो भनें त हाम्रो भेट
झन ठुलो जलाशयमा हुने रहेछ है ?
उन्को यो विश्वास र भरोसा सगं म नतमस्तक छु
अनुत्तरित छु
तथापि मेरो मन भित्र कौतहुलताको ज्वारभाटहरु चलेका छन
कास ! त्यो जलाशय यो धर्ति विचमा कतै रहेछ भनें !!
उन्को र मेरो पहिलो भौतिक भेट त्यहि महासागरमा हुनेछ
तर…तर त्यो भेट कस्तो रहला ???
कस्ले पहिला सम्बोधन गर्ला ?
उन्ले मलाइ के भनेंर बोलाउलिन ?
मैले के भनुंला ?
सहज /असहज…. के ! कति ? र कतिन्जेल ?

मेरा चाउरिएका गाला तन्क्क तन्किन्छन
ओइलाएका आँखिभौँ उघ्रिन्छन
सुस्ताएको रक्त संच्चार द्रुत गतिमा बढ्छ
एक प्रकारको ताजा हावा आँउछ
पुराना पात्राहरु उढाएर क्षितिज तिर लैजान्छ
म आफुलाइ नौजवान पाँउछु ।।

त्यो भेट पछि हाम्रो “नाता” के रहला ??
तिमिले सोध्न सक्छ्यौ !
त्यो भन्दा पहिला तिमि मलाइ भन ….
तिमि तिम्रो कुन नातासगं खुसि छ्यौ ?
कुन-कुन नाताले तिम्रो विचार र आदर्शहरुको सम्मान गरेका छन ?
कुन नाता तिमि लर्खराँउदा बैशाखि बन्यो ?
कुन नाता तिम्रो प्रगतिमा जल्दैन ?
कुन नाता तिमिलाइ सवै भन्दा प्रिय लाग्छ ?
कुन नाता सगं तिमि अघाएकि छैनौं ?

तिमि, म र छ भनें त्यो भगवानलाइ थाहा छ
हाम्रो मित्रताको पवित्रता
हामि विचको विश्वास
यसलाइ प्रमाणित गर्न तिमि सगं
कुनै “नाता” लगाउन चाहन्न !
न त तिमि सगं टाढिन नैं ।।।।

-रचनाकार अनेसास एसिया समितिका सचिव हुन

Leave a Reply

Top