You are here
Home > खेलकुद > जापानमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडिको हौसल्ला बढाउन एन आर एन कान्साइको अनुरोध

जापानमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडिको हौसल्ला बढाउन एन आर एन कान्साइको अनुरोध

बिगतका बर्षहरुमा जस्तै यस बर्षपनि जापानको कान्साइमा क्षेत्र अन्तर्गत साकाइ सि, साकाइ कु, किताचो ५-७-१,ओहमा ताईइकुखानमा आगामी अप्रिल २० र २१ मा १७ औ वथा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता संचलन हुने भएको छ ।प्रतियोगितमा नेपालका बिभिन्न स्थानबाट छनोट भएका खेलाडीहरुले नेपालको प्रतिनिधित्व गर्दै सभागिता जनाउने बताइएको छ।उक्त दिन नेपालको तर्फबाट सहभागी हुन आऊने नेपाली खेलाडीहरुलाई प्रतियोगित स्थाल पुगी हौसला प्रदान गरिदिनुहुन एन आर एन कान्साइले कान्साइमा रहेका सम्पूर्ण संघ संस्था हरुलाई अनुरोध गरेको छ । साथै २२ तारिकका दिन एन आर एन कान्साइले खेलाडी सँग भेटघाट तथा सम्मान कार्यक्रमको आयोजना गर्न लागेको एन आर एन कान्साइका सह संयोजक कृष्ण शर्मा गैरेले जानकारी दिनु भयो ।खेलाडी भेटघाट तथा सम्मान कार्यक्रममा उपस्थित भइदिनुहुन एन आर एन कान्साइका संयोजक प्रेम प्रसाद कंडेलले सबैमा आग्रह गर्नु भएको छ ।

खेलाडी भेटघाट तथा सम्मान कार्यक्रम
कार्यक्रम हुने मिति :- २२ – ०४-२०१९ (समय : दिवा २ बजे देखि ६ बजे सम्म
स्थान :- Indian Nepali Cafe Restaurant BINDU
(Chikatetsu Tsurumi Ryoukuchi Line
Nishi Ohashi Sta. Exit 4 बाट पैदल २ मिनेट )

Leave a Reply

Top