दीपश्री क्रिएटिभ मिडियाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न खुसी बाँडे खुसी बढ्छ समाचार April 4, 2020April 4, 2020 चैत -२२ ,काठमाण्डौँ /दीपश्री क्रिएटिभ मिडियाले “जे सक्छौ त्यहि गरौं, जहाँबाट सक्छौ त्यहिबाट गरौं, देशका लागि केही गरौं”भन्ने नाराका साथ दक्षिणकाली नगरपालिका वडा नं ८ मा अवस्थित छैमलेको श्रीकृष्ण मा.वि.को प्रागंणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड (१९) संक्रमण कारण कुनै पनि संक्रमित विरामीलाई रगतको अभाव नहोस भन्ने उदेश्यका साथ उक्त रक्तदान कार्यक्रम संचालन गरिएको संस्थाका अध्यक्ष पुरुषोत्तम लामिछानेले बताउनु भयो । विगत १६ बर्षदेखी सामाजिक क्षेत्रका विभिन्न गतिविधीमा सम्मेलित दीपश्री क्रिएटिभ मिडियाका निर्देशक दिपक लामिछानेका अनुसार लकडाउनको यो अप्ठयारो परिस्थितिमा पनि हामी सबैलाई समाज प्रतिको दायित्वबोध हुनुपर्छ भन्ने उदेश्यका साथ सो कार्यक्रम आयोजना गरिएको जानकारी दिनु भयो। लायन सुन्दर कुमार आचार्यको संयोजन,विकासका लागि सशक्त महिला समाजकी अध्यक्ष कविता अधिकारीको सह संयोजन तथा राधाकृष्ण चापागाईको सहकार्यमा रक्तदान उक्त कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा द.न.पा.वडा ८ का सचिव सुदर्शन आचार्य र वडा सदस्य सारदा आचार्यको उपस्थित समेत रहेको थियो भने स्थानिय व्यक्तित्वहरुको सक्रिय सहयोग र समन्वय रहेको थियो । उक्त रक्तदान कार्यक्रममा १५ जनाले रगत दिएका थिए ।संस्थाका अध्यक्ष पुरुषोत्तम लामिछानेले यो अभियानमा सहभागी सबैलाई धेरै- धेरै आभार प्रकट गर्दै व्यवस्थापकिय भूमिकामा साथ दिएको विधालय श्रीकृष्ण मा.वि.लाई पनि धेरै -धेरे धन्यबाद व्यक्त गर्नु भयो । रक्तदान गर्नेहरुमा दिपक लामिछाने,लायन सुन्दर कुमार आचार्य,मघुसुदन अधिकारी,सारदा आचार्य,दिनेश आचार्य,राधाकृष्ण आचार्य, नेत्रमणी कठेत,रामचन्द्र महत,चन्द्रमणी फुयाल, निरन्जन भट्टराई ,शिव बलामी,मनोज आचार्य,सागर लामिछाने,दशरथ बलामी,राधाकृष्ण चापागाई सहभागी रहनु भएको थियो ।