संस्कृत गुरुकुलमा हुने जातीय विभेद विरुद्ध विश्व हिन्दू संगठन Uncategorized August 26, 2020 बाग्लुङ भेदभाव पाप हो समानता धर्म हो भन्दै हिन्दु धर्म संस्कृति एवं परम्पराको संरक्षणमा क्रियाशिल संगठन विश्व हिन्दू संगठनले औपचारिक रूपमा नै विभिन्न सम्प्रदाय र परम्पराका आडमा वेद र पुराणको नीति विरुद्ध संस्कृत गुरुकुलमा हुने जातीय विभेद विरुद्ध अभियान प्रारम्भ गरेको छ। नेपाल भरिका गुरुकुलमा विना जातीय भेदभाव सबैले संस्कृत वेद पुराण पढ्न पाउनुपर्छ भन्ने संगठनको एकसूत्रीय माग रहेको छ। विश्व हिन्दु संगठन दक्षिण एशिया प्रमुख चन्द्रकान्त पौडेलले एक प्रेस विज्ञप्ति जारी गर्दै वेद र पुराणले कुनै पनि जातीय,वर्गीय ,भौगोलिक ,लैंगिक,धार्मिक ,राजनैतिक ,साम्प्रदायिक वा कुनै पनि भेदभावलाई स्वीकार गर्दैनन् तसर्थ वेदलाई आफ्नो धर्मग्रन्थ मान्ने हिन्दुहरूले यस किसिमका विकृति विसंगतिलाई प्रश्रय गर्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु हो भन्दै गुरुकुलमा सबै जात जातिले निर्बाध रूपमा पढ्न पाउनुपर्ने कुरा बताए ।पौराणिक मान्यता अनुसार ऋषिहरुका गुरुकुलमा कुनै जातीय विभेद थिएन उदाहरणस्वरूप क्षत्रीय कुलका राम वशिष्ठको गुरुकुलमा पढ्थे,यादव वंशी कृष्ण बलराम महर्षी सान्दीपनिको गुरुकुलमा पढ्थे ।दासी पुत्र विदुर वैदिक वाङ्म्यका प्रखर वक्ता थिए उनको विदूर नीति प्रसिद्ध छ यस्ता अनेकौं उदाहरणले नेपालमा भैरहेको गुरुकुलको जातीय विभेद अशास्त्रीय,अमानवीय र अव्यावहारिक एवं अवैदिक कर्म हो तसर्थ सरकारले यस विषयमा गम्भीरतापूर्वक विचार गर्नुपर्ने देखिन्छ।