You are here
Home > खुशी बाँडे खुशी बढ्छ > मंजुश्री असहाय संरक्षण केन्द्रलाई एन आर एन कान्साइको १ लाख सहयोग

मंजुश्री असहाय संरक्षण केन्द्रलाई एन आर एन कान्साइको १ लाख सहयोग

एन आर एन ए जापान कन्साइ क्षेत्रिय समितीले चितवन स्थित सडक तथा यौन उत्पीडनमा परेका बालबालिका हरुको उत्थानका लागी संचालन गरिएको “मंजुश्री असहाय संरक्षण केन्द्र” लाइ रु १ लाख सहयोग गरेको छ ।
हाल आर्थिक व्यवस्थामा सारै कठिनाईमा परेको र एन आर एन कान्साईले आर्थिक सहजीकरण गर्नका लागी सहयोग गरिदिनु हुनका लागी अनुरोध आएकोले भोलिका कर्णधारहरु प्रतिको जिम्मवारी बोधलाई आत्मसाथ गर्दै रु १ लाख सहयोग गरिएको एन आर एन कान्साइका संयोजक कृष्ण गैरेले दीप्श्री अनलाइन लाई जानकारी दिनु भयो।

एन आर एन ए जापान कन्साइ कान्साइ क्षेत्रिय समितिका उप संयोजक दिलिप शर्माको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी उक्त नगद रकम हस्तान्तरण गरिएको हो । यो अबसरमा नेपाल पत्रकार महासंघ प्रदेश काउन्सेल एव चितवन सन्देशका सम्पादक सुमन गैरे,कान्साइ क्षेत्रिय समिति सचिव सुरेश सापकोटा तथा समाज सेविहरु सुमन गैरे, टीका राम गैरे, रमेश गैरे लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Top