राष्ट्रिय आविष्कार केन्द्रलाई एन आर एन कान्साइको आर्थिक सहयोग प्रवास समाचार July 7, 2018July 7, 2018 एन आर एन कान्साइले डा.महाबिर पुन अध्यक्ष रहनु भएको राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख एकहत्तर हजार चार सय त्रिसात्ठी नेपाली रुपैयाँ नगद सहयोग प्रधान गरेको छ। एन आर एन कान्साइका कार्यबहाक संयोजक प्रेम प्रसाद कंडेलको संयोजकत्वमा गठित समितिले सन्कलन गरिएको रकम जुलाई ६ तारिक क्योदाइ रेमिटान्स मार्फत राष्ट्रिय आविष्कार केन्द्रलाई पठाइएको एन आर एन कान्सै उपसंयोजक कृष्ण शर्मा गैरेले जानकारी दिनु भयो । आर्थिक संकलन समितिमा संयोजक प्रेम प्रसाद कंडेल र एन.आर.एन जापान सल्लाहाकार तुलसी राम खरेल र निबर्तमान सल्लाहकार आत्मराम शर्मा गैरे संरक्षक रहने गरि अन्य सम्पूर्णलाइ सहयोगीको रुपमा राखिएको थियो। यसअघी समृद्द रास्ट्रको लागि आफ्नो सर्बस्व यसमै लगानी गरि लागि पर्नु भएका रास्ट्रीय आविष्कार केन्द्रका अध्यक्ष डा.महाबिर पुन संग जापानको ओसाकामा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा कान्साई वरपरको विभिन्न क्षेत्रमा आबद्द नेपालीहरुको सहभागिता रहेको थियो । डा.पुन ले आफ्नो सुरुवातिका दिनदेखि हालसम्मका गतिबिधि हरुमा प्रकाश पार्दै समृद्द रास्ट्रको लागि राष्ट्रिय आविष्कार केन्द्रको आबस्यकता र भूमिकाको बारेमा बुदागत रुपमा प्रस्ट पार्नु भएको थियो। झन्डै १ घण्टा ३० मिनटको आफ्नो भनाइ राखेपछि उपस्थित सहभागीहरुको प्रश्न लाइ उत्तर दिदै राष्ट्रिय आविष्कार केन्द्रको बारेमा अझै प्रस्ट पार्ने प्रयास गर्नु भएको थियो। आफ्नो भनाइलाई प्रस्ट पार्दै सम्रिद्द रास्ट्रको लागि कटिबद्द हरेक इच्छुक व्यक्तिले बिभिद तरिकाले सहयोग गर्न सकिने बताउदै बिचारको सहयोग, समयको सहयोग,आर्थिक सहयोग जहाँ बाट जसले जुन तरिकाको सहयोग गर्न सकिन्छ त्यसै अनुरुपू सहयोग गर्न इच्छा भएमा सकिने जानकारी गराउनु भएको थियो । सहयोग गर्न इच्छुकहरुले आफुलाई सहयोग गर्न मन लागेमा कुनै पनि सहयोग व्यक्तिगत रुपमा नलिने र सम्पूर्ण सहयोग हरु राष्ट्रिय आविष्कार केन्द्रको खातामा प्रत्यक्ष जम्मा गराएर सहयोगी दाताहरुको नाम ठेगाना र सहयोग रकम समेत खुलाएर जानकारी गराउनु हुन अनुरोध गर्नु भएको थियो । सम्पूर्ण सहयोगी दाताहरुको सहयोगको रास्ट्रीय आविष्कार केन्द्रले ब्यतिगत रुपमा स्पस्ट जानकारी राखेको र त्यसैगरी राख्दै जाने जानकारी गराउनु भयो। एन.आर.एन जापानको सल्लाहकार नरेन्द्र बस्नेत(दिनेश)ले संयोजन गर्नु भएको कार्यक्रम एन.आर.एन कान्साइको आयोजनामा सम्पन्न भएको थियो। अझै पनि सहयोग गर्न इच्छुक दाताहरुले आफ्नो स्वइच्छाले सहयोग गर्न चाहेमा एन.आर.एन कान्साइको निम्न खातामा जम्मा गरेर आफ्नो नाम फोन नम्बर र ठेगाना जानकारी गराउनु हुन जानकारी गराइन्छ। खाताको नाम:- एन.आर.एन कान्साई जापान पोस्ट बैंक खाता नम्बर:-१४१३०-०४०६४०३१ धेरै राष्ट्रिय तथा अन्तरास्ट्रिय अवार्डहरु बाट सम्मानित डा.महाबिर पुन यहि मे १७ तारिक‘वर्ल्ड टेलिकम्युनिकेशन तथा ईन्फर्मेशनसोसाईटी डे’को अवशरमा अन्तराष्ट्रीय टेलिकम्युनिकेशन युनियन जापानको आयोजनामा टोकियोमा भएको ग्लोबल समिटमा नेपालमा कम्युनिकेशनको क्षेत्रमा नयॉ खोज एवं सफलतापूर्वक उपलब्धिहरु हासिल गरेको भन्दै ITU-Aj award द्दारा सम्मानित हुनु भएको थियो ।