देश,माटो, भाषा र धर्म भन्दा ठुलो मानवता रहेछ विचार साहित्य February 27, 2018February 27, 2018 -दिप पाठक,टोकियो जापान हामी मानव हौ, हामी बाचेको भुगोल एउटै हो, तर शक्तीको अहंतामा भुगोल र मानवता धेरै पटक निरिह बनेको छ। त्यसको पछील्लो कारूणीक दृष्य हो सिरिया। हेर्न नपरोस र देख्न नपरोस भन्ने मनको चाहाना हुँदा-हुँदैपनी देख्नु पर्छ। सामाजिक मेडिया प्रयोग नगरेर ती दर्दहरू नहेर्न पनी सकिन्थ्यो तर हामीले नहेर्दैमा दर्द्ध दर्द्ध नहुने होईनन, त्यसैले धेरै तस्वीरहरू हेरे र मनलाई दुख्नसम्म दुख्न दिय। भर्खरै फुल्दै गरेका नानीहरूको मनमा आकासमा उड्दै गरेको जहाजले हजार सपना बोक्नु पर्ने हो तर त्यसो हुदैन सिरियामा।त्यहाँ त त्यही जहाजले बम र बारूदका गोलाहरू बोकेर उडीरहेको हुन्छ, तिनै बारूदको बर्षात हुन्छ र चुडिन्छन कलीला मुनाहरू। बमको आवाजले अत्तालीदा, रसायनले निस्सासिदा कलीला नानीहरू आमाको काँख र बाउँको अंगालो खोज्दै त भाग्छन होला बाच्ने आशामा तर त्यो संभव हुदैन। प्राय दुख र अप्ठ्यारोहरूमा बाउँ र आमाको अंगालोमा बाच्न सक्छन सन्तान तर तानाशाहा र महाशक्त्तीको दादागिरी माथी ति वाउँ आमाहरू पनी आफ्नै जीवनको दुखद अन्त्य गर्न निरही हुन्छन। आफ्नो सन्तानको अन्त्य आफ्नै अगाडी र आँफुसंगै हुँदा कती ठुलो गुनासो छोडेर जान्छन होला जानेहरूले अल्लाहको नाममा। सिरिया मेरो मनमा धेरै पहिले देखी दुखीरहेको देश हो।जुन देशमा धेरै विक्षिप्त घटनाहरू घटेका छन। जुन देशका स्वतन्त्र नागरीकहरू न त आफ्नो माटो छोड्न सक्छन न बाच्न सक्छन, अनाहकमा मरीरहेछन। हामी आज सुरक्षित छौ, मान्छे सुरक्षित छु भन्दैमा अंहता पाल्नु त्यो दरिद्र चरीत्र हो, भोली तानाशाहाहरू, साम्राज्यवादीहरू, म शक्तिशाली हुँ भन्नेहरूको अहंमता बढ्दै गयो भने संसारका कोही मान्छे सुरक्षित रहने छैनन। आज सिरिया दुख्नुमा हामी संग भुगोलको नाता छ, शक्तिशाली हुँ भन्नेहरू यो बुझ्दैनन भुगोलको नाता भुगोल संगै हुन्छ,भुगोलमा बाच्नेहरू सबै नातेदार हौ भनेर। वाल-बच्चाहरूको, मान्छेहरूको निर्ममतामा दुख्थ्यो-समालीन्थ्यो मन, तर यसपाली संहालीन सकिरहेको छैन। जतीवेलासम्म सन्तानको माया बाउँ-आमा माथी यतीधेरै हुन्छ भन्ने थाहा थियन। जब आफ्नै सन्तान भय त्यसपछी बल्ल त्यो अनुभुती भयो/थाहा भयो सन्तान माथी बाउँ-आमाको माया कती हुँदोरहेछ भन्ने। सिरिया आक्रमणको सामाजिक संजालमा दर्द्ध पोखीईरहेको वेला मैले मेरी सानी छोरीलाई लियर चौरमा खेल्न निस्के तर म छोरीसंग खेल्न सकिन, मेरी छोरीको कलीला आँखामा तिनै बावु-नानीहरूका दर्द्धनाक तस्वीरहरू देख, मलाई ती सबै आफ्नै सन्तान जस्तैगरी मन पोलीरह्यो। लाग्यो माटोको कुनै परिधी हुदोरहेनछ, आज मनभरी सिरिया दुखीरहेछ।यो संसारमा देश,माटो, भाषा र धर्म भन्दा ठुलो मानवता रहेछ।।