मार्च २१ तारिख टोक्योमा नि:शुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविर हुने प्रवास March 1, 2018March 1, 2018 जापानमा रहेका नेपालीहरुको स्वास्थ्य स्थितीको सुधार र स्वास्थ्य सेवाको लागि नि:शुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविर हुने भएको छ । यहि मार्च २१ तारिख बुधबारको दिन टोक्यो आसागयास्थित एभरेष्ट इन्टरनेसनल स्कुलमा नि:शुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविर हुने भएको हो । जापानमा रहेका नेपालीहरुको स्वास्थ्य स्थितीको सुधार र स्वास्थ्य सेवाको पहुँच सम्बन्धमा कृयाशिल रहेका नेपाली र जापानी चिकित्सक तथा विज्ञहरुको सक्रियतामा, शिविर सञ्यचालन गर्न लागिएको हो । उक्त शिविरको समय बिहान १० बजे देखि बेलुका ५ बजे सम्म रहनेछ । भाषाको कारण स्वास्थ्य सुबिधा लिन अप्ठ्यारो भएका, स्वास्थ्य बिमा नभएका र विभिन्न कारणले स्वास्थ्य सेवा लिन नसकेका नेपालीलाई लक्षित गरि यो शिविर आयोजना गरिएको हो । नेपाल तथा जापानमा स्वास्थ्य सेवाको पहुँच सम्बन्धि कार्यमा संलग्न संस्था अशाको आयोजना तथा गैरआवासिय नेपाली संघ-जापानको बिशेष सहयोगमा हुन लागेको यस शिविरमा टोक्यो महानगरपालिकाले नि:शुल्क एक्स रे सुबिधा उपलब्ध गराएको छ । शिविरमा आप्रवाशीहरुको स्वास्थ्य क्षेत्रमा लामो समय देखि क्रियाशील जापानी चिकित्सक डा. ताकाशि शावादा र डा. तोमिता शिगेरुका अतिरिक्त अध्ययन र कामको शिलशिलामा जापानमा रहेका डा. सन्दिप शाक्य ,डा. प्रकाश शाक्य ,डा. सुमन श्रेष्ठ, डा. रिचा शाह ,डा. अभिषेकी श्रेष्ठ, डा. दिपेन्द्र गौतम डा. मनु कार्की ,डा. श्रेया श्रेष्ठ लगायतका नेपाली चिकित्सकहरु र क्लिनिकल मनोबिद डा.विजय ज्ञवालीले आफ़्नो सेवा दिनेछन् । शिविरमा सेवा लिन कुनै प्रकारको स्वास्थ्य बिमा कार्ड र रेशिडेन्स कार्डको आवस्यकता पर्ने छैन। शिविरमा उपलब्ध सम्पूर्ण सेवा पूर्ण रूपमा नि:शुल्क हुनेछ। थप उपचार आवस्यकता भएका बिरामीलाई रेफर पत्र उपलब्ध गराइने छ, जुन सुबिधाले थप उपचारको प्रकृयालाई सहज र सस्तो बनाउन सहयोग हुनेछ। शिविरमा बिरामीको रोगको अवस्था हेरेर छातिको एक्स रे, इ .सि .जी., मुटुको भिडियो एक्स रे, मधुमेह रोगको जाँच र दन्त परिक्षण सेवा नि:शुल्क उपलब्ध हुनेछ । महिला सम्बन्धित रोगको लागि शिबिरमा २ जना नेपाली महिला चिकित्सक पनि रहने बताईएको छ । नेपाली चिकित्सकहरुको यो समुहले आयोजना गरेको यस्तो शिविर जापानमा चौथो पटक हुन थालेको हो । शिविरको बारेमा विस्तृत जानकारीका लागि यस लिंकमा म्यासेज गर्न सक्नुहुनेछ । https://www.facebook.com/nepalesehealthinjapan/