You are here
Home > मनोरञ्जन > दक्षिणकाली नगरपालिकामा उद्योग तथा पर्यटन बिकाशका लागी फागुवर्प

दक्षिणकाली नगरपालिकामा उद्योग तथा पर्यटन बिकाशका लागी फागुवर्प

उद्योग तथा पर्यटन प्रवद्र्धका लागि फागुपर्व भन्ने मूल नाराका साथ दक्षिणकाली नगरपालिका र दीपश्री क्रिएटिभ मिडियाले संयुक्त फागुपर्व महोत्सव २०७४ सम्पन्न गरेको छ ।
प्रचारप्रसारको अभावमा वत्तिमुनको अध्यारो भनेझै एतिहासिक तथा पर्यटकिय सम्पदाले भरिपूर्ण रहेको यस नगरपालिकालाई सम्पन्न नगरपालिकाको रुपमा चिनाउन यो अभियान संचालन गरेको मुल आयोजक समारोहका संयोजक दिपक लामिछानेले बताए । यो अभियान दक्षिणकाली नगरपालिकामा मात्र नभई देशका विभिन्न नगरपालिका भित्र ओझेलमा रहेका सम्पदालाई सबैसामु चिनाउन निरन्तरता दिने लामिछानेले जानकारी दिनुभयो ।वडा १ देखी वडा ९ सम्मको धार्मिक, प्राकृतिक, साँस्कृतिक तथा पर्यटकीय स्थानहरुका साथै नेपालमानै प्रख्यात नास्पाति खेती देखी एसियाको दोस्रो जलविधुत गृह चन्द्रज्योति पावरको समेत फोटो प्रदर्शनी गरिएको थियो ।
सत्यको जीतको उत्सवका रुपमा मनाउने यो पर्व होली ले झैं यस दक्षिणकाली नगरपालिकाबाट सत्यको जितको सुरुवात गरेको दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेतले बताउनु भयो । विशेष अतीथी उधोगपती सुमीत केडीया उधोगकाे बिकाशका लागि यस क्षेत्रमा अाफ्नाे सहयाेग सधैं रही रहने बताउनु भयो ।
दक्षिण क्षेत्रीय उद्योग तथा व्यवसाय प्रवद्र्धक प्रा.लि, दक्षिण क्षेत्रीय सहकारी समन्वय समिति, दक्षिणकाली क्षेत्र प्रबन्धक समिति र पि.आर.आर गु्रपको सहआयोजनामा सम्पन्न महोत्सवमा स्थानिय झाँकि सहित स्थानिय सरकारी तथा गैरसरकारी गरी ७२ वटा संस्थाको उपस्थिती रहेको थियो । कार्यक्रममा मूल समारोह समितिको तर्फबाट विरेन्द्र बलामीले नगरपलिकालाई उद्योग तथा पर्यटन प्रवद्र्धनमा सम्वृद्ध बनाउनका लागी २१ वुँदे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा चर्चित लोक गायक रामचन्द्र काफ्ले गायिका जुनु रिजालको गायन तथा डिजे प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Top