You are here
Home > खुसी बाँडे खुसी बढ्छ > एन.आर.एन.ए.कान्साइको सहयोगमा दुइ सय बिधार्थी लाई शैक्षिक सामग्री बितरण

एन.आर.एन.ए.कान्साइको सहयोगमा दुइ सय बिधार्थी लाई शैक्षिक सामग्री बितरण

एन.आर.एन.ए. जापान, कान्साइ क्षेत्रिय समितिको सहयोगमा धदिङ जिल्लाको बिकट स्थानमा अबस्थित चेपाङ सामुदायको बाहुल्य भएको श्री सिध्द्कालि आधारभुत विद्यालय,बेनिघाट रोराङ-६ धादिङ र श्री बोमराङ आधारभूत बिद्यालय,बेनिघाट रोराङ-६ धादिङ गरी दुई वटा विद्यालयमा अध्यनरत करिब २०० जना बिधार्थीहरुलाई बेनिघाट रोरांग गाउपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटी (हरि) को प्रमुख आतिथ्यमा करीब नेपाली ४ लाख रुपैया बाराबरको लत्ता,कपडा, जुत्ता लगाएतका शैक्षिक सामग्री हस्नान्तरण गरिएको छ।

सहयोग हस्तान्तरणका क्रममा श्रि सिद्धकालि आधारभुत विद्यालय-६ मा ११० थान सहयोग सामाग्री मध्य ७४ जना बिधार्थिको उपस्थिति र ३६ थान सामाग्री विद्यालयका प्रमुखलाइ हस्तान्तरण गरियको र श्री बोमराङ आधारभुत बिध्यालय-६ मा ९० जना बिधार्थिकै उपस्थितिमा हस्तान्तरण गरिएको एन आर एन कान्साइका सह-सचिब तथा यस अभियानका संयोजक बिकास अधिकारीले जानकारी दिनु भयो।हस्तान्तरण कार्यक्रममा उपस्थिति नभएका बिधार्थीहरुलाई बिधालय मार्फत वितरण गर्ने गरी शिक्षकलाई हस्तान्तरण गरिएको थियो।

सहयोगका लागि पठाइएको रकम मध्य एन आर एन कान्साइको खता बाट १ लाख ६७ हजार ५ सय २५ एन र बिभिन्न ब्यक्तित्वहरु बाट संकलन गरिएको २ लाख २३ हजर १ सय एन गरी जम्मा जापानी एन ३ लाख ९० हजार ६२५ संकलन गरिएको र उक्त दिनको बजार मुल्य अनुसार नेपाली रुपैया ४ लाख भएको सह-सचिब बिकाश अधिकारीले जानकारी दिनुभयो।

कार्यक्रमका प्रमुख अतिथी बेनिघाट रोरांग गाउपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटी (हरि)ले उक्त गाउपालिकाको चेपांग समुदायका विधार्थीहरुको हौसला बढाउन,गरिबिको रेखामा परेको परिवारलाई केही हद सम्म भएपनि खुसी र उर्जा मिल्ने पुण्य काममा सहयोग गरेकोमा एन आर एन ए कान्साईलाई धन्यवाद ब्यक्त गर्दै बिद्यार्थीहरुलाई पनि अझ बढी लगनसिलताको साथ पढाईमा रुचि राखी अब्बल ब्यक्ति बन्न आग्रह गर्नु भएको थीयो।हाम्रो यस कार्यले केही हत सम्म बिधार्थीहरूको पठन पाठनमा रुचि बढ़ने विश्वाश लिदै यस किसिमको पुण्य कार्यलाई सहयोग गर्न पाउदा हामीलाई गर्व लागेको एन आर एन ए कान्साइका संयोजक दिलिप शर्मा गैरेले जानकारी दिनु भयो।

नेपाल बाट समन्वय गरि सहयोगलाई उचित व्यवस्थापन गरी सहजीकरण गरीदिनु हुने आबाश बाबु डल्लाकोटी तथा मदन क्षेत्रि लगायत सम्पूर्णमा एन आर एन कान्साइले आभार ब्यक्त गरेको छ। सहयोग प्राप्त भए पश्चात बिधार्थीहरुमा हर्ष उल्लाहस छाएको छ।
जन्म भुमिमा शिक्षाको क्षेत्रमा सहयोग गर्न एनआरएनए कान्साई कार्यसमिती सदै प्रतिबद्ध रहेको बताउदै हाम्रो हरेक कार्यलाई सफल बनाउन आर्थिक तथा नैतिक सहयोग गर्नुहुने सम्पूर्णमा एन आर एन कान्साइले आभारी आभार प्रकट गरेको छ ।

Leave a Reply

Top