You are here
Home > अर्थ > ओसाकाको समल्याण्ड फुदोसान(रियलस्टेट)र बेनी एफ सी बीच बर्षको सम्झौता

ओसाकाको समल्याण्ड फुदोसान(रियलस्टेट)र बेनी एफ सी बीच बर्षको सम्झौता

जापानमा रहेको नेपाली फूटबल क्लब बेनी एफ सी लाई ओसाकाको समल्याण्ड फुदोसान(रियलस्टेट)ले एक बर्षकोलागि प्रायोजन गर्ने भएको छ।समल्याण्ड फुदोसान(रियलस्टेट)को प्रमुख कार्यालय एबिसुचो ओसाकामा हिजो एक कार्यक्रमका बीच समल्याण्ड फुदोसान(रियलस्टेट) का निर्देशक तिलक केसी र बेनी एफ सी टिम क्याप्टेन मनोज बानिया तथा टिम प्रमुख पूर्ण गर्बुजाले एक बर्षको सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो।
जापानमा नेपालीहरुको संख्याको बढेसंगै नेपालीहरुलाइ लक्षित गरि धेरै ब्यबसायहरु शुरु भएका छन। जस मध्ये फुदोसान(रियलस्टेट) बिजिनेस पनि एक पर्दछ। पछिल्लो समय यस ब्यवसायमा लगानी गर्ने नेपालीहरु सहित यो क्षेत्रमा काम गर्ने नेपालीहरु पनि बढेको पाइन्छ।ओसाकामा पनि यो क्रम बढे संगै कान्साई क्षेत्रमा जापानी मात्रै नभएर हरेक देशको नागरिकको लागि सेवा सहयोग गर्दै आएको भएता पनि बिषेशत नेपाली समुदायमा एकदमै चिरपरिचित रहेको समल्याण्ड फुदोसान (रियलस्टेट) ले परदेशम आफ्नो विभिन्न किसिमको कर्म गर्ने क्रम संगै व्यस्त जिन्दगीको बाबजुद नेपाली युवा हरुले देखाएको खेल प्रतिको रुचि को सम्मान गर्दै बेनी एफ सी ओसाका लाइ एक बर्षको लागि प्रायोजन गरेर सहयोग समल्याण्ड फुदोसान(रियलस्टेट) का निर्देशक तिलक केसीले जानकारी दिनु भयो।
समल्याण्ड फुदोसान(रियलस्टेट) ले कान्साई क्षेत्रको बिषेशत ओसाका कोबे नारा क्योटो लगायत बसोबास गर्ने नेपाली हरुलाई सस्तो सुलभ तरिकाले बस्ने कोठा हरु खोजिदिने रेस्टुरेन्ट ब्यबसायी लगायतको लागि आवस्यकता अनुसारको ठाउँ खोज्ने र घर जग्गा किने बेच गर्न चाहनु हुने हरुलाई पनि आवस्यकता अनुसारको सहयोग तथा परामर्श गर्ने गर्दै आएको छ।

Leave a Reply

Top