“२०२२ मार्च महिनामा जापानमा दिक्षान्त हुने विद्यार्थीहरुको लागि अबको चुनौति तथा अवसर” विचार August 22, 2021August 22, 2021 -मोहन कुँवर विश्व COVID19 बाट प्रभावित रहेको अवस्थामा विश्वका धेरै देशहरु सहित यतिबेला जापान पनि अछुतो रहन सकेको छैन। जसको अप्रत्यक्ष तथा प्रत्यक्ष प्रभाव विभिन्न क्षेत्र ब्यापारी देखि लिएर जापानमा रहेका विदेशि विद्यार्थी वर्गमा पनि परिरहेको छ।अध्ययन र कामको चपेटा एकातिर छ भने अर्कोतिर कम्पनि खोज्ने तनाब थपिएको छ त्यसैले यतिबेला सम्पुर्ण विद्यार्थीहरुले समयमा नै अहिलेको चुनौतिलाई राम्रोसङ्ग बुझेर अघि बढ्नुपर्ने अवस्था सिर्जना भएको छ जसको लागि निरन्तर प्रयास र सहभागिताको आवश्यकता पर्दछ। यतिबेलाको समय आगामि आउने ३ गाचुमा (Month) सोचुग्योउ (Graduate)हुने विद्यार्थीहरुको लागि विशेष महत्व रहेको छ। विभिन्न किसिमका कम्पनिहरुबाट यतिबेला सेचुमेखाइ(Seminar) कलासहरु सन्चालन हुने समय भएता पनि कोरोना प्रभावको कारणले गर्दा कतिपय कम्पनिहरुले सन्चालन गर्न सकिरहेका छैनन भने कतिले सन्चालन गर्ने तयारीमा रहेका छन। त्यसैले गाक्कोउमा (School तथा College)कम्पनिहरुबाट आउने सुचना तथा जानाकारी सङ्ग अपडेट हुदै गर्नुपर्दछ।यसपाली अनलाईन सेचुमेईखाई अनि मेनसेचु कलासहरु सन्चालन हुदै छन त्यता पनि जानाकारी लिदैँ गर्नुपर्दछ।अबका दिनमा सकेसम्म हप्ताको १/२ दिन बाइतोमा बिदा राखेर भएपनि सेचुमेइ खाई तथा मेनसेचुको लागि समय मिलाउनु पर्छ। सेचुमेईकाई कलासहरुमा सहभागि हुन सकियो भने स्युउस्योकु(work permit process)गर्दा खाइस्या (company)का विभिन्न नियम तथा प्रकृया बारे जानकारी प्राप्त गरि मेनसेचुको लागि आवश्यक आधारहरुको तयारी गर्न सहयोग मिल्छ। विशेषगरी मेनसेचुमा सोधिने सामन्य प्रश्नहरु जिको स्योउकाई(self-introduction),आफुले अध्ययन गर्दै गरेको विषयको बारेमा जानकारी , जापान आउनुको मुख्य कारण,अहिले सम्म वाइतोबाट(part-time work) प्राप्त गरिएका अनुभव, जापान आउदा सुरुका दिनमा आफुलाई मन परेका कुराहरु ,अचम्मित लागेका घटना तथा क्षणहरु , सम्बन्धित कम्पनि रोज्नुको कारण अनि सम्बन्धित कम्पनिमा भिसा प्राप्त गरिसकेपछि दिर्घकालिन लक्ष्यहरु इत्यादि किसिमका प्रश्नहरुको तयारी गरेर गयौँ भनि केहि मात्रामा सहयोग पुग्न सक्छ। विशेषगरी कम्पनिको मेनसेचुमा जादा आफुसङ्ग JLPT नोउर्योकु सिकेन पास गरेको N2,N3 र नेपाल बाट दाइगाकु तथा Toeic पास गरेको Certificates भयो भने थप सहयोग मिल्न सक्दछ।प्रायजसो गाक्कोउहरुमा आउने कम्पनिहरु भनेको होटेल, रेस्टुरेन्ट, हानबाई पसल, सुपाहरु र IT सम्बन्धि कम्पनिहरु रहेका हुन्छन त्यसैले यिनिहरुसङ्ग आफुले अध्ययन गरेको विषयको नाइयो (subject content)मिल्छ मिल्दैन राम्रोसङ्ग बुझेर अघि बढ्नुपर्दछ।यसरी गाक्कोउहरुमा आउने कम्पनि बाट नाइते (job offer)प्राप्त गर्न सकियो भने नाइतेको लेटर प्राप्त गरि बस्न सकिन्छ र १२ गाचु (month)बाट भिसाको अप्लाइ प्रकृया सुरु हुन्छ। भिसा अप्लाइ गर्नु भन्दा पहिले आवश्यक डकुमेन्ट जम्मा गर्दा कम्पनिले काजेईस्योउमेईस्यो(yearly income)पनि माग्न सक्छ र वार्षिक आम्दानि २०लाख भन्दा बढि रहेछ भने रद्द गर्ने सम्भावना पनि प्रवल रहेको हुन्छ। कम्पनिहरु बारे जानाकारी तथा सेचुमेईखाई र मेनसेचु सम्बन्धि जानकारी लिनको लागि हेल्लोवर्कमा पनि सम्पर्क गर्न सकिन्छ, हारोवाकु (ハローワーク)जापानको विभिन्न शहरमा रहेको छ ।यसरी गाक्कोउमा आएको कम्पनि बाट नाइते प्राप्त गरेर भिसा अप्लाइ गर्दा कुनै-कुनै कम्पनिले वकिल चार्ज लिन सक्छ भनि कुनैले लिदैन ।यति प्रयास गरेर सफल हुन सकियो भने भिसा अप्लाई सम्मको बाटो सुरक्षित हुदै भिसा प्राप्त गर्न पनि सकिन्छ। यति प्रयास गर्दा कम्पनि प्राप्त गर्न सकिएन भने त्यसपछिको यात्रा अलिक असहज हुन सक्छ त्यसैले समयमा नै उपयुक्त तरिकाले अघि बढ्ने प्रयास गरौँ। जापानमा स्युउस्योकु(Work-permit) गर्नको लागि अन्य विभिन्न किसिमका माध्यमहरु पनि रहेका छन तर कुनै भरपर्दो मानिदैनन भने कुनैले सर्भिस शुल्क महङ्गो लिने गर्दछन र कुनै-कुनै राम्रा पनि हुन्छन। विशेषगरी जापानीज वकिल,जापानीज visa service company , जिनजाइ हाकेन कम्पनि , नेपाली visa service company इत्यादि रहेका छन। जापानीज वकिल तथा जापानीज visa Services कम्पनि यिनिहरुले विभिन्न किसिमका कम्पनि र विद्यार्थीहरुको बिचमा रहेर मध्यस्थकर्ताको भुमिका निर्वाह गरेका हुन्छन र काम गरेबापत कम्पनिबाट पनि रकम प्राप्त गर्ने गर्दछन । कुनै-कुनै जापानीज वकिल तथा जापानीज Visa Service कम्पनिले कम्पनि खोजेबापत अनि वकिल शुल्क देखि सम्पुर्ण खर्चको लागि गरेर २०मान देखि ५०मान (१मान=करिबRs.१०,००० )सम्म लिने गर्दछन यदि कम्पनि र वकिलको कारणले गर्दा भिसा आएन भने पुन कम्पनि खोजेर अर्थात गल्ति सुधारेर भिसा रि-अप्लाइ को लागि सहयोग गर्दछन। यस्ता प्रकारका व्यक्ति तथा कम्पनिलाई पैसा बुझाउदा राम्रो सङ्ग बुझेर मात्र बुझाउनु पर्छ एकपटक पैसा दिईसकेपछि फिर्ता पाउन गार्हो हुन्छ , त्यसैले यस्ता कार्य गर्दा आफु भन्दा अग्रज सेनपाईहरु(Senior) सङ्ग जानाकारी लिई अघि बढ्नुपर्दछ। जिनजाई हाकेन कम्पनि(Temporary Agency) आजभोलि जिनजाई हाकेन कम्पनिका लापरवाहीले गर्दा न्युउखानको(immigration)अगाडि विश्वास गुमाउदै गएको देखिन्छ त्यसैले सहजै भिसा प्राप्त गर्न मुस्किल पर्ने गर्दछ। यसप्रकारको हाकेन कम्पनिबाट काम गर्दा अन्य कम्पनिमा सेइसाइन भएर काम गर्न जानुपर्दछ तर काम गर्दा सेवा सुबिधा तथा तलब हाकेन कम्पनि बाट नै लिनुपर्ने हुन्छ कुनै कारणबस हाकेन कम्पनि बन्द भयो भने काम गरिरहेको कम्पनि जिम्मेवारि हुदैन र काम छोड्नु पर्ने अवस्था सिर्जना हुन्छ।यसप्रकारको हाकेन कम्पनि बाट भिसा प्रकृया गर्दा कुनै-कुनैले वकिल शुल्क ८-१० मान सम्म लिन सक्छ भनि कुनैले सम्पुर्ण शुल्क गरि २०-५० मान सम्म लिने गरेको पाइएको छ। जापानमा रहेका विद्यार्थीको लागि यसप्रकारको कम्पनि त्यति भरपर्दो मानिदैन त्यसैले सकेसम्म यस्ता कम्पनिहरुको सहयोग लिन उपयुक्त मानिदैन। नेपालि भिसा सर्भिस कम्पनि : यतिबेला जापानका विभिन्न शहरहरुमा नेपाली व्यक्तिहरु मिलेर सन्चालन गरिएका भिसा सर्भिस सम्बन्धि विभिन्न संस्थाहरु रहेका छन जसले स्युउस्योकु गर्नको लागि कम्पनिहरु खोजिदिने गर्दछन्। कुनै-कुनै जापानीज Visa Service कम्पनिहरु ले नेपालि विद्यार्थीहरुलाई आफुतिर केन्द्रित गर्नको लागि२/४जना नेपाली व्यक्तिहरु राखेर काम गरेको हुन्छन। यसमार्फत गयौ भनेपनि सुरुवात मा ५ मान अनि नाइते प्राप्त गरेसि केहि रकम र बाकी रकम भिसा प्राप्त गरे पछि दिनु पर्दछ,यिनिहरुले नि करिब करिब २५-५०मान सम्म शुल्क लिने गर्दछन ।कतिपय नेपाली व्यक्तिहरुले कम्पनि खोजिदिने सबै काम गर्दिने अनि अन्त्यमा आएर मात्र कम्पनि बारे सबै जानाकारी बताउने गर्दछन्।गएको वर्ष एउटा घटना यस्तै भाको थियो एउटा बहिनीले ४५मान तिरेर स्युउस्योकु गरेको तर अन्त्यमा हाकेन कम्पनि भएको जानाकारी आएको थियो।त्यसैले सचेत भएर अघि बढौ अन्त्यमा आएर पछुताउन नपर्ने गरी बुझेर मात्र कार्य गरौँ। भिसा अप्लाई गर्नु भन्दा पहिले विचार गर्नु पर्ने कुराहरु विशेष गरि भिसा अप्लाई गर्नु भन्दा पहिले Tax रInsurance तिरेर गरियो भनि राम्रो हुन्छ कहिलेकाहि खाकुनिन(checking) गर्यो भने यदि तिरेको रहेनछौ भने न्युउखान बाट चुइका पठाउन सक्छ र अनिवार्य रुपमा तिर्नुपर्दछ। न्युउखानमा डकुमेन्टहरु पेश गर्दा गाक्कोउबाट प्राप्त सोचुग्योउ मिकोमि, सेइसेकि स्योउमेइस्यो र स्युउसेकि स्योउमेइस्यो सहित बुझाउनु पर्दछ ।गाकुसेइ(student)र खाइस्याको (company(सबै कुराहरु राम्रो भयो भनि २ हप्तादेखि ३ हप्तासम्म हागाकि(card)आउन सक्छ भने कसैको अलिक बढि समय पनि लाग्ने गरेको पाइएको छ।। यो वर्ष देखि कुनै कुनै गाक्कोउहरुले तोकुतेइ खाचुदोउ भिसा अप्लाई गर्दा २वर्षको काजेईस्योउमेइस्यो(yearly income)माग्न थालेको छ जसमा २०० मान भन्दा बढि रहेछ भने गाक्कोउबाट डकुमेन्ट नदिन पनि सक्छ। त्यसैले वाइतो गर्दा अबका नया विद्यार्थीहरुले विशेष ध्यान पुर्याउनु पर्दछ ।छोटो समयमा मनग्य कमाउन भन्दा नि दिर्घकालिन रुपमा कमाउने वातावरण सुरक्षित गरौ। Covid19 को विभिन्न चरणको प्रभावबाट कतिपय विद्यार्थीहरुको नाइते नै रद्द भयो भने केहि विद्यार्थीहरुले कम्पनि नै छोड्नुपर्ने अवस्था सिर्जना भयो त्यसैले अहिले देखि नै राम्रोसङ्ग बुझेर अघि बढ्ने प्रयास गरौँ कतिपय कुराहरु बुझिएको छैन भने पनि MRR जापान तथा जनसहयोग जापानमा रहनुभएका सेनपाईहरु सङ्ग बुझेर अघि बढ्नुहोला तपाईहरुलाई सहयोग अवश्य मिल्नेछ त्यसैले अबको समयलाई चुनौति भन्दा पनि अवसरको रुपमा परिणत गर्न प्रयास गर्नुहोला। गुल्मि, सत्यवति गाँउपालिका हाल: ओसाका, जापान