टोकियोमा गैर-आवासिय नेपाली संघ-जापानको दोश्रो क्षेत्रिय भेला सम्पन्न प्रवास February 25, 2018 गैर-आवासिय नेपाली संघ-जापानको दोश्रो क्षेत्रिय भेला यहि शनिबार टोकियोमा सम्पन्न भएको छ | गैर-आवासिय नेपाली संघ जापानका १३ ओटा क्षेत्रका प्रतिनिधि उपस्थित रहेको सो क्षेत्रीय भेला घोषणा पत्र जारी गर्दै सम्पन्न भएको एनआरएनए जापानका प्रबक्ता प्रशुराम बस्नेतले जानकारी दिएका छन | सो भेलामा राष्ट्रिय कमिटि र क्षेत्रिय कमिटिहरुको बिचमा समन्वय गरि कसरी अगाडी बढ्ने भन्ने सम्बन्धमा प्रशिक्षण समेत दिएको जनाइएको छ | उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूताबासका उपनियोग प्रमुख श्री कृष्ण चन्द्र अर्याल,बिशेष अतिथि अन्तराष्ट्रिय युबा संयोजक सुदन थापा, एनआरएनए आइसीसी सदस्यहरू केशर गिरी,कपिलदेव थापा,महेश श्रेष्ठ,डिलाराम खरेल,एनसिसि सल्लाकार परिषदका सदस्यहरू,एनसीसी बिभागिय प्रमुखहरू र १३ ओटा क्षेत्रीय कमिटीका संयोजक,उपसंयोजक पदाधिकारी ,तथा सदस्यहरूको उपस्थितिमा सम्पन्न भएको सो भेलाले घोषणा पत्र जारी गरेको हो | यस्ता छन निर्णयहरु: ⇒क्षेत्र र केन्द्रबीचको सम्बन्धलाई सुदृढ गर्दै आगामी दिनमा समन्वय र सहकार्यका साथ अगाढी बढ्ने । ⇒नागोया क्षेत्रमा क्षेत्रीय अधिवेशन ताका उठेको विषय वस्तुलाई विधान सम्बत ढंगमा समाधान गरिने । ⇒आर्थिक नीति एकद्वार पद्धतिबाट अघि बढाइने । ⇒आबस्यकता अनुसार नयाँ क्षेत्रीय कमिटी बिस्तार गरिने । ⇒विधानलाई आगामी वार्षिक अधिवेशन मार्फत समयानुकूल परिष्कृत गर्दै लैजाने । ⇒स्मार्ट एनआरएनए जापान निर्माण गरिने । ⇒नेपाली समुदाय बीच आईपर्ने समस्या समाधानको लागी नेपाली राजदूताबास संग सहकार्य गर्दै अघि बढिने। ⇒क्षेत्रीय कमिटीलाई ससक्त बनाऊँन कोलागी आबास्यकता अनुसार प्रसिक्षण साथै राष्ट्रीय कमिटी बाट उपस्थित बढाइने । ⇒मार्च बाट नयाँ सदस्य फारम आबह्वान गरिने। ⇒नेपाली समुदायको बाक्लो उपस्थिती लाई मध्यनजर गर्दै टोयोटा,कानागावा,चिबा लगायतका ठाऊमा क्षेत्रीय कमिटी बिस्तार गरिने दुइ सत्रमा सम्पन्न सो कार्यक्रमको पहिलो सत्र उद्घाटन सत्र रहेको थियो दोश्रो सत्रमा प्रबक्ता परसुराम बस्नेतले संस्थाको राष्ट्रिय कमिटीले क्षेत्रीय कमिटिहरु सम्बन्धि गरेका निर्णय र योजना प्रस्तुत गरेका थिए | सो प्रस्ताबमा कमिटिले गरेको निर्णय र कार्यन्वयन पक्षको भुमिकाका बारेमा डा. बेद काफ्ले,कमिटिको काम, कर्तव्य, अधिकार र बिधान सम्वन्धि महेश श्रेष्ठले प्रशिक्षण समेत दिएका थिए | दोश्रो सत्रको कार्यक्रमका प्रमुख अतिथि,आइसिसी अन्तराष्ट्रिय युबा संयोजक तथा पुर्ब अध्यक्ष सुदन थापा, एनआरएनए जापानका अध्यक्ष टासी वांग्दी लामा,एनआरएनए बरिष्ट उपाध्यक्ष देविलाल भण्डारी,सो भेलाको ब्यस्थापकिय जिम्मेवारी लिएका उपाध्यक्ष शिब प्रसाद पौडेल, सल्लाहकार तेज प्रसाद अर्याल लगायतले बोलेका थिए | साथै १३ ओटा क्षेत्रका प्रतिनिधिहरु संयोजक नबिन निउरे,संयोजक लक्ष्मण बानियाँ,प्रतिनिधि सुरेस सापकोटा,संयोजक दिपक केसी,संयोजक विकास बस्नेत,संयोजक सन्तोष चौहान,संयोजक माधब उप्रेती,सचिब मिनकुमार लामिछानेले प्रतिबेदन पेश गरेका थिए | सो हलमा उठेका प्रश्नको जवाफ महासचिब बुद्दी घिमिरे र प्रबक्ता प्रशुराम बस्नेतले दिएका थिए | प्रमुख अतिथि,बिशेष अतिथि र सभापतिले सम्पूर्ण क्षेत्रीय कमिटी लाई प्रमाण पत्र वितरण गरेका थिए | टासी वांग्दी लामाको सभापतित्वमा सम्पन्न कार्यक्रम महासचिब बुद्दी घिमिरेको संचालनमा सम्पन्न भएको थियो |