You are here
Home > विविध > धुर्मुस सुन्तली फाउण्डेशनलाई जगत थापाद्व्रारा सहयोग हस्तानरण

धुर्मुस सुन्तली फाउण्डेशनलाई जगत थापाद्व्रारा सहयोग हस्तानरण

बाग्लुङ जिल्ला गल्कोट हरिचौर स्थाइ घर भइ जापानको ओसाकामा ब्यवसाय सन्चालन गर्दै आउनु भएका जगत थापाले धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरेको सनत्पुर बस्तिको लागी अठासि हजार आठ सय अठासि रुपैयाँ नगद हस्तानरण गर्नु भएको छ । थापाले आफुले सन्चालन गरिरहनु भएको नेपाली ईण्डियन रेस्टुरेन्ट मनकामनामा संकलन भएको रकम आफै धुर्मुस सुन्तलि फाउण्डेसनको कार्यालय पुगेर हस्तानरण गर्नु भएको हो । धुर्मुस सुन्तलिले राम्रो काम गरेर समाजलाई देखाएकोले आफुहरुले सो संथालाइ सहयोग गरेको दीप्श्री अन्लाईनलाई जानकारी दिनु भयो ।
यस अघि पनि नेपालमा भुकम्प गएको समयमा थापा र उहाँकी श्रीमती यादाता ताखाको को सक्रियतामा रसुवाको घत्लाङ भन्ने ठाउमा पाँच लाख बराबरको खाद्या साथै बिपन्न पारीवारलाई चालिस हजार नगद सहयोग गर्नु भएको थियो। स्थानियहरुसँग प्रतक्ष्य समन्वय गरेर सहयोग गर्ने गरेको बताउदै थापाले सिन्धुपाल्चोकमा रहेको एक बिद्यालयलाई फर्निचर सहयोग गरेको जानकारी दिनुभयो।

Leave a Reply

Top