You are here
Home > समाचार > दक्षिणकाली नगरपालिकामा मिनि लिटर र टर्नल प्लाष्टिक वितरण कार्यक्रम सम्पन्न

दक्षिणकाली नगरपालिकामा मिनि लिटर र टर्नल प्लाष्टिक वितरण कार्यक्रम सम्पन्न

२०असार,काठमाडांै। दक्षिणकाली नगरपालिकामा मिनि लिटर र टर्नल प्लाष्टिक वितरण कार्यक्रम हिजो ९आइतबार० सम्पन्न भएको छ । दक्षिणकालि नगरपालिका कृषि शाखा फर्पिङको आयोजनामा सो कार्यकम सम्पन्न गरेको हो ।

दक्षिणकाली नगरपालिका अन्तर्गत नौ ओटा वडाहरु रहेका छन् । नौओटा वडामा एक वडा बराबर एउटा ट्रयाक्टर वितरण गरेको छ । महिला समह तथा कृषि गर्ने चाहनेलाई एउटा ट्याक्टर बराबर ६५ हजार लागतमा ३० प्रतिशत कृषक र ७० प्रतिशत नगरपालिकाको सहयोगमा मिनि लिटर ट्याक्टर टर्नल प्लाष्टिक वितरण गरिएको कृषि शाखा प्रमुख पबिता राईले बताउँनु भयो ।
मिनि लिटर र टर्नल प्लाष्टिक वितरण गरेपछि केहि रुपमा सहजता पाउँने वडाबासीले खुसि व्यक्त गनुभयो ।

तस्बिरहरु

Leave a Reply

Top