You are here
Home > समाचार > काठमाडौं आउँदै अमेरिकी उपमन्त्री

काठमाडौं आउँदै अमेरिकी उपमन्त्री

अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विशेष संयोजक उज्रा जिया तीनदिने भ्रमणका लागि शुक्रबार काठमाडौं आउने भएकी छन् ।
नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध ७५ वर्ष पुगेको अवसरमा अमेरिकाबाट एकपछि अर्को माथिल्लो तहको भ्रमण हुने क्रममा जिया पनि आउन लागेकी हुन् कुनै आधिकारिक धारणा बाहिर ल्याएको छैन । परराष्ट्र स्रोतका अनुसार उपमन्त्री जियाले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का र अन्य वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
उपमन्त्री जियाको यो भ्रमण झन्डै एक दशकमा नेपालमा हुन लागेको अमेरिकी अधिकारीहरूको उच्चस्तरीय भ्रमण हो ।

Leave a Reply

Top