बालक साहित्य August 2, 2021 -सुमी लोहनी मायाको बाग कोपिला साना कलिला बालक लाग्दछ यस्तो रहेका फक्री थुँगा हुन् फूलका यिनले गरे छुनु र मुनु आँगनै उज्यालो भएमा खुसी लाग्दछ कहीँ बल्यो कि दियालो । कपट, छल यिनमा छैन निर्दोष मुहार आमाको काख रमाई बस्छन् बिर्सेर संसार कोमल तन, कोमल मन, निर्मल भावना खेलमा रमी देख्दछन् सधैं सुन्दर सपना । सबैका प्यारा आँखाका तारा सुन्दर खेलौना घरका शोभा देशका यी हुन् अमूल्य गहना निश्छल हाँसो हाँस्दछन् सधैं उमङ्ग लिएर गर्दछन् सबै आफ्ना ती काम आनन्द मानेर । देखायौँ जुन हामीले मार्ग त्यतै नै लाग्दछन् नलिई शङ्का मनमा कुनै भरोसा गर्दछन् पराई कोही देख्दैनन् सबै आफ्ना नै ठान्दछन् जे गरे पनि हरेकलाई विश्वास गर्दछन् । बनेर फूल फुल्न है दिऔँ नकिचौँ बोझले स्नेहले सिचौँ मायाले हेरौँ पूर्ण हुन् ओजले देखाई सही जीवन-मार्ग कर्मठ बनाऔँ उचित शिक्षा उचित ज्ञान दिएर सघाऔँ । नखोसौँ हामी यिनको हाँसो बाँचून निस्फ्रिक्री नकसौँ कुनै धर्मको डोरी बन्धन वा सिक्री कर्मले लेख्छन् आ-आफ्नो भाग्य स्वयंका विधाता भोलिका यी हुन् देशका खम्बा भविष्य निर्माता ।