You are here
Home > प्रवास > जापानमा बस्ने विदेशीहरुको लागि स्वास्थ्य मेडिकल अनुवादको सहयोगी पुस्तकको समिक्षा हुँदै

जापानमा बस्ने विदेशीहरुको लागि स्वास्थ्य मेडिकल अनुवादको सहयोगी पुस्तकको समिक्षा हुँदै

जापानमा बस्ने विदेशीहरुको लागि स्वास्थ्य सहयोग र मेडिकल अनुवादको लागि सहयोगी नागासाकी प्रिफेक्चरल युनिवर्सिटीका मानवअधिकार तथा स्वास्थ्य विज्ञान रिसर्चकी प्रोफेसर Lee setsuko (री सेचुको) द्वारा लेखिएको पुस्तकको समिक्षा सम्बन्धि सम्मेलन हुने भएको छ। लामो समाया देखि नेपालिहरुको स्वास्थ्य,जीवन शैली र रोग सम्बन्धि अनुसन्धान तथा स्वास्थ्य सम्बन्धि परियोजनामा बिशेष योगदान दिदै आउनुभएकी कान्साई मेडिकल युनिभर्सिटीकि प्रोफेसोर डाक्टर साकाई हिरोकोको जापानमा रहेका बिदेशी हरुको स्वास्थ्य र जीवन सैली बाट लाग्ने रोगहरु सम्बन्धि बिशेष लेख रहेको उक्त पुस्तक को समिक्षा डिसेम्बर २२ तारिक सनिबार कान्साई मेडिकल युनिभर्सिटी हस्पिटलको १३अौ फ्लोर स्पेसमा हुदैछl दिउसो १:३० देखि ५ बजे सम्म चल्ने उक्त कार्यक्रम १५० जानाले मात्र भाग लिन सक्ने र प्राथमिकताको अधारमा पहिले संपर्क गर्ने ब्यक्तिले पहिलो प्राथमिकता पाउने हुँदा जातिसक्दो छिटो अग्रिम जानकारी गराउन सकिने सिम्पोजियम कार्यकारी समिति कासाई मेडिकल यूनिभर्सिटी नर्सिङ विभागकि कान्जाकी माहिले बताउनु भयो l

Leave a Reply

Top