You are here
Home > समाचार > साँस्कृतिक बाजा प्रशिक्षण समापन कार्यक्रम  सम्पन्न

साँस्कृतिक बाजा प्रशिक्षण समापन कार्यक्रम  सम्पन्न

काठमाडौको दक्षिणकाली नगरपालिका, फर्पिङमा श्री महाचुनी मनकामना गुठीको विशेष पहलमा श्री महाचनुी मनकामना साँस्कृतिक बाजा प्रक्षिण समितिद्वारा विगत ३ महिना भन्दा बढी समय देखि प्रशिक्षण गरीरहेको विभिन्न विधाका बाजा प्रशिक्षणको आज एक औपचारिक कार्यक्रम गरी समापन गरिएको छ ।

शत् प्रतिशत बलामी थरका नेवार जातीको बसोवास रहेको उक्त टोलमा परम्परागत सास्कृतिक तथा धार्मिक गुठी, नाच, जात्रा आदिमा अनिवार्य बजाउनु पर्ने बाजाहरु लोप हुँदै गएको र गुरु तथा वाद्यवादकहरुको अभाव हुँदै आएको परिप्रेक्ष्यमा यसलाई अवको नयाँ पुस्तामा हस्तान्तरण गरी संस्कृति संरक्षण र सञ्चालन गर्ने प्रमुख उद्देश्यले यो प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।

यस प्रशिक्षणमा खिँ बाजा, राग गायन, बाँसुरी, हारमोनियम, तवला र धिमे गरी ६ विधामा ८४ जना प्रशिक्षार्थी र १६ जना प्रशिक्षकको प्रत्यक्ष सहभागीता रहेको थियो । विश्वमा फैलिरहेको प्राणघातक रोग कोभिड १९ को कारण प्रशिक्षण समयलाई घटाउँदै यस क्षेत्रमा सक्रिय संक्रमित नदेखिएको अवसरमा नै साँस्कृतिक र धार्मिक औपचारिकतामात्र पुरा गरी कार्यक्रम समापन गरिएको र कोभिडको समस्या समाधान भईसकेपछि पुन प्रशिक्षणलाई निरन्तरता दिई वृहत रुपमा कार्यक्रम समापन गरिने कुरा समितिका संयोजक राजन बलामीले वताउनु भयो ।

दक्षिणकाली नगरपालिकाकै मौलिक पहिचान बोकेको यस फूल्चोक टोलले हरेक वर्ष गाईजात्रा, रोपाई जात्रा, बसुन्धरा जात्रा, कृष्ण जात्रा, बज्रयोगिनी जात्रा, मारुनी नृत्य, कार्तिक नाच लगायतका जात्राहरु फर्पिङ शहरमा प्रदर्शन र परिक्रमा गराइने गरिन्छ । साथै फर्पिङको हरिशंकर जात्रा र फर्पिङमै हरेक १२ वर्षमा मात्र देखाइने थाः प्याखँमा पनि यसटोलबाट सहभागीता जनाउने गरिन्छ । बलामीहरुको प्राचिन गुठी श्री महाँचुनी मनकामना गुठीबाट सञ्चालन गरिने महाचुनी गुठी, मनकामना गुठी, ससुपुजा गुठी, चौकोटदेवी गुठी लगायतका गुठीहरुको पनि यस क्षेत्रको सास्कृतिक र मौलिक सम्पत्तिको रुपमा रहिआएको छ ।

अवको पुस्तका युवाहरुलाई यस्ता प्राचिन धार्मिक सास्कृतिक परम्परा सञ्चालनमा खासै धेरै रुची नभएको र यसलाई निरन्तरता दिन समय परिस्थिति र युवा पुस्तको माग अनुसार संस्कृति नमासिने र नविग्रिने तरिकाले परिमार्जन गर्दै लैजानु पर्ने कुरा गुठीका नायः श्यामबहादुर बलामीले बताउनु भयो । गुठीका थकाली श्री बुद्धिबहादुर बलामी र नायः श्री श्यामबहादुर बलामीलाई अभिनन्दन सहित सम्पन्न भएको कार्यक्रममा सबै विधाका प्रशिक्षार्थीहरुले आ–आफ्नो तर्फबाट वाद्यवादन प्रस्तुति गर्नु भएको थियो ।

Leave a Reply

Top