You are here
Home > प्रवास > गैरे सेवा समाज जापानले जापानका मुख्य दुई शहरमा ‘तिज धमाका २०२३’ कार्यक्रम गर्ने,प्रवेश शुल्क नलाग्ने

गैरे सेवा समाज जापानले जापानका मुख्य दुई शहरमा ‘तिज धमाका २०२३’ कार्यक्रम गर्ने,प्रवेश शुल्क नलाग्ने

-दीप्श्री अन्लाईन /कान्साइ

नेपाली नारीहरुको पर्व हरितालिका तिजको अबसरमा गैरे सेवा समाज जापानले ‘तिज धमाका २०२३’ आयोजना गर्ने भएको छ।
विगतका वर्षदेखि आयोजना गर्दै आएको ‘तिज धमाका’ यस वर्ष नेपालमा शिक्षा स्वास्थ्य र मानव आश्रमको सहयोगार्थ जापानका मुख्य दुई शहरमा गर्न लागिएको समाजका उपाध्यक्ष गौरीशंकर गैरेले जानकारी दिनु भयो।
गैरेका अनुसार कार्यक्रम सेप्टेम्बर १३ तारिक टोकियोको कमाता, सेप्टेम्बर १५ तारिक ओसाकाको बेन्तेन्चोमा गरिने निश्चित भएको बताए । कार्यक्रममा नेपालबाट आमन्त्रित लोक दोहोरी क्षेत्रका ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने गरि आयोजना गरिन लागिएको हो ।
कार्यक्रमको लागि नेपालबाट खुमन अधिकारी, आशा बिशी र जापानबाट रिना केसीलाई आमन्त्रित कलाकारको रूपमा कार्यक्रममा प्रस्तुति दिने गैरे सेवा समाज जापानका महासचिब श्याम लाल गैरेले बताउनु भयो।
चाडपर्वको अवरसरमा आयोजना गरिने कार्यक्रमले प्रवासमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुका बिचमा आपसी भाईचारा, सद्भाव र एकता क़ायम गर्नुको साथै कला र संस्कृतिको संरक्षण तथा नया पुस्तामा नेपाली सस्कृति पुस्तान्तरण गर्न सहयोगी हुने भएकोले कार्यक्रम गर्न लागिएको अध्यक्ष भुमप्रसाद गैरेको भनाइ छ।
जापानमा रहेका नेपाली दिदी बहिनीलाई नेपाल कै झल्को दिने गरि यस पटकको तिज धमाका २०२३ आयोजना गरिने र सोहि अनुसार आन्तरिक तयारी गरिरहेको समाजले जनाएको छ ।
विगतका वर्षहरुमा जस्तै यस पटक पनि जापानबासी नेपाली दाजुभाई दिदीबहिनीहरुले कार्यक्रमलाई सफल पार्न सहयोग गर्नेमा समाजले बिश्वास लिएको छ ।

Leave a Reply

Top