एनआरएनए कान्साईले कोरोना खोप सम्बधि निःशुल्क परामर्श दिने प्रवास समाचार August 11, 2021August 11, 2021 -बिन्दु ढकाल,ओसाका,जापान एनआरएनए जापान कान्साई क्षेत्रीय समितिले कान्साईमा बसोबास गर्दै आउनु भएका सम्पूर्ण नेपालीहरुलाई कोरोना भाइरस विरुद्धको खोप सम्बन्धि निःशुल्क परामर्श सेवा सञ्चालन गरेको छ।भाषा लागाएत अन्य कुनै पनि कारणले कान्साई क्षेत्रमा बसोवास गर्ने नेपालीहरुलाई समस्या नपरोस भन्ने उद्देश्यले निःशुल्क परामर्श सेवा सञ्चालन गरिएको एनआरएनए कान्साइका संयोजक दिलिप शर्माले दीपश्री अन्लाईनलाई जानकारी दिनुभयो। जापान सरकारले जापानमा बसोबास गर्ने सबै बिदेशी नागरिकहरुलाई निःशुल्क कोरोना विरुद्धको खोप उपलब्ध गराउदै आएको छ। एनआरएनए कान्साईले कोरोना भाइरस भ्याक्सिन सम्बन्धि कुनै पनि जिज्ञासा भए फोन नम्बर ०८० – ६१९७ – ७६२१ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।