You are here
Home > समाचार > टेकुको ट्रान्सफर सेन्टरको गेटमा ताला

टेकुको ट्रान्सफर सेन्टरको गेटमा ताला

२६ श्रावण ,काठमाडौं । नुवाकोटको बञ्चरेडाँडामा फोहोर विसर्जनमा अवरोध भएपछि काठमाडौं महानगरपालिकाले टेकुस्थित ट्रान्सफर स्टेसन फोहोर थुपार्दै आएको छ । तर, टेकु क्षेत्रका स्थानीयले त्यहाँ पनि फोहोर थुपार्न अवरोध गरेका छन् ।

उनीहरुले आज बिहीबार महानगरपालिकाका गाडीहरुलाई भित्र जान र बाहिर निस्कन रोक लगाएका हुन् ।
साँघुरो ठाउँमा फोहोर थुपार्ने तर त्यहाँबाट विसर्जन गर्न नलैजाने गर्दा दुर्गन्ध फैलिएर स्वास्थ्यमा असर हुने भन्दै स्थानीयवासीले अवरोध गरेका हुन ।उनीहरुले ट्रान्सफर सेन्टरको गेटमा ताला लगाईदिएका छन् । बञ्चरेडाँडाको अवरोध नखुल्दासम्मका लागि टेकुमा फोहोर राख्ने र दुर्गन्ध नफैलिने केमिकल छकर्ने गरिएको भए पनि स्थानीयले अवरोध गरेका हुन ।उपत्यकामा स्थानीय निर्वाचन अघिदेखि नै फोहोर उठाउने र विसर्जन गर्ने प्रक्रिया विथोलिंदै आएकोमा ल्याण्डफिल साइटका स्थानीयलाई उचालेर फोहोरमा राजनीति गर्दा समस्या झन् विकराल बनेको छ ।

Leave a Reply

Top