You are here
Home > Uncategorized > सिन्धुलीका विद्यार्थीमा बेहोस हुने समस्या

सिन्धुलीका विद्यार्थीमा बेहोस हुने समस्या

२६ श्रावण, काठमान्डौं । सिन्धुली जिल्लाका केही सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा बेहोस हुने समस्या देखिएको छ ।

सुनकोशी गाउँपालिका–७ स्थित गणेश माध्यमिक विद्यालय र हरिहरपुरगढी गाउँपालिका–२ स्थित जनप्रभात निम्न माध्यमिक विद्यालयका विद्यार्थीमा बेहोस हुने समस्या देखिएपछि पठनपाठनमा समस्या भएको छ ।
एकै पटकमा दर्जनौं विधार्थीमा बेहोस हुने समस्या देखिएको विद्यालय प्रशासनले जनाएको छ । उनीहरूमा टाउको दुख्ने, हातगोडा बाउँडिने, शरीर आलस्य हुने र बेहोस हुने गरेको गणेश माविका प्रधानाध्यापक माधव भण्डारीले बताउनुभयो ।
बेहोस भएका विद्यार्थीमध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने केहीको स्वास्थ्यमा सुधार भएको छ । छात्रमा भन्द छात्रामा यस्तो समस्या बढी देखिएको विद्यालय प्रशासनले जनाएको छ ।

Leave a Reply

Top