एनआरएनए कान्साई क्षेत्रिय समितिको वार्षिक साधारण सभा ओसाकामा भब्यताका साथ सम्पन्न,आगामी केन्द्रीय अधिवेशन कान्साइमा गर्ने बिषयमा छलफल शुरु प्रवास समाचार September 11, 2020September 12, 2020 -दीपा कडेल,ओसाका अक्टोवर १२ सजगता र सतर्कता अपनाउदै एनआरएनए जापान,कान्साई क्षेत्रिय समितिको २०१९-२१ कार्यकालको वार्षिक साधारण सभा अक्टोवर १० तारिकका दिन ओसाकामा भब्यताका साथ सम्पन्न भएको छ। एनआरएनए जापानका अधक्ष्य देबीलाल भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा एनआरएनए आइसीसी सदस्य तुलसी राम खरेल,मानार्थ आइसीसी सदस्य डिलारम खरेल,एनआरएनए जापानकी वरिष्ठ उपाध्यक्ष अनिता गुरुङ लगायत केन्द्रीय पदाधिकारीहरू तथा क्षेत्रीय संयोजकहरुको बाक्लो उपस्थती रहेको थियो । राष्ट्रीय गानसंगै सुरू भएको साधारण सभालाई सफल पार्न जापान एनआरएनए अभियानमा जोडियर विभिन्न पदमा रहनुभएका पदाधिकारीहरूले विभिन्न क्षेत्रबाट सहभागिता जनाउनु भएको थियो। संस्थाका उप-संयोजक हरि कडेलको स्वागत मन्तव्यबाट सम्पूर्ण अतिथिहरू तथा उपस्थित कान्साईवासीहरूलाई स्वागत गररएको वार्षिक साधारणसभामा विभिन्न वक्ताहरूले बोल्ने क्रममा एनआरएनए कान्साई क्षेत्रिय समितिले गरेको कामको मुक्तकण्ठले प्रशंसा गर्दै आगामी दिनहरूका लागि शुभकामना व्यक्त गर्नुभएको थियो। एनआरएनएका पदाधिकारीहरूमाझ विद्यार्थीहरूका विषयमा नेसाजको प्रतिनिधिको रूपमा नेसाज क्षेत्रिय समिति कान्साईका उप-संयोजक संजय कार्किले आफ्ना विचार राख्नु भएको थियो। सस्थाका सह-सचिव भूमप्रसाद गैरेको उद्घोषणमा संञ्चालित वार्षिक साधारण सभामा संस्थाको वार्षिक प्रतिवेदन सचिवको अनुपस्थितिमा एनआरएनए कान्साईका उप-संयोजक दिलीप शर्मा गैरेले पेश गर्नु भएको थियो। एनआरएन कान्साईका कोषाध्यक्ष विष्णु सापकोटाले संस्थाको आम्दानी तथा खर्च सहितको आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो भने डेनिस पुनले दुवै प्रतिवेदन पेश गर्दा प्राविधिक रूपमा सहयोग गर्नुभएको थियो। विशेषगरी कोबिड १९ को यो अतिनै संवेदनशील समयमा एनआरएनए जापान,कान्साई क्षेत्रिय समितिले गरेको सहयोग अतुलनीय रहेको भन्दै यस्को जती प्रशंसा गरेपनी काम हुने बताउदै एनआरएन जापानका अध्यक्ष देबिलाल भण्डारी अप्ठ्यारो परिस्थितिमा गरिएको सहयोग हुने साँचो समाज सेवा हुने बताउनुभयो। कान्साइ संयोजक कृष्ण शर्मा गैरेको सभापतीत्वमा सम्पन्न उक्त कार्यक्रममा कान्साई क्षेत्रिय समितिले गरेको कामको अधिकांश बक्ताहरुले प्रशंसा गर्दै अन्य क्षेत्रीय समितिहरुले पनि यसको अनुकरण गर्नु पर्ने बताउनु भएको थियो। कार्यक्रममा बोल्दै एनआरएन जापानकी बरिष्ठ उपाध्यक्ष अनिता गुरुङले एनआरएन कान्साइले चाहेमा आगामी केन्द्रीय अधिवेशन पनि कान्साइमा गर्न आफुले सहयोग गर्ने स्पष्ट पार्नु भयो भने अन्य केन्द्रीय पदाधिकारीहरूले यस बिषयमा समर्थन जनाउनु भएको थियो। शुभकामना मन्तव्यको क्रममा एनआरएनए जापानका सल्लाहकार सिव पौडेल, एनआरएन कान्साईका संरक्षक आत्माराम गैरे,एनआरएन कान्साईका संरक्षक हरि राज ढकाल, एनआरएनए क्षेत्रिय समिती नीगाताका संयोजक दिपक सुनवार ,एनआरएनए नागोया क्षेत्रिय समितिका संयोजक श्याम सितल,एनआरएनए जापानका सदस्य जिवन गुरूङ, एनआरएनए जापानका सचिव विष्णु प्रसाद घिमिरे, एनआरएनए जापानका महासचिव जनक विक्रम शाही, एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठ, एनआरएनए जापानका क्षेत्रिय-उपाध्यक्ष दिपक कार्की, एनआरएनए जापानका युवा-उपाध्यक्ष नविन निउरे, एनआरएनए जापानका उपाध्यक्ष लक्ष्मण बाँनिया, एनआरएनए जापानकी वरिष्ठ उपाध्यक्ष अनिता गुरूङ, एनआरएनए आईसीसी मानार्थ सदस्य डिलाराम खरेल,एनआरएनए आईसीसी सदस्य तथा एनआरएनए जापान क्षेत्रिय समिती कान्साईका संरक्षक तुलसीराम खरेले आफ्ना शुभकामना शब्दहरू राख्दै एनआरएन कान्साई अन्य क्षेत्रको तुलनामा एक कदम अघि रहेको कुरामा जोड दिनु भएको थियो । एनआरएनए जापानका केन्द्रिय सल्हाकार नरेन्द्र बस्नेत दिनेश एनआरएनए कान्साई क्षेत्रिय समितीले जहिले पनि नेपालीहरुका लागि आपतकालीन अवस्था परेको बेला अग्रपंक्तिमा रहेर सामाजिक सेवामा निस्वार्थ रुपमा लागि परेको देख्दा आत्म गौरबले छाती फराकिलो भएर आउने बताउनु भयो। कोरोनाको महामारीले निम्त्याएको आपतकालीन समयमा खेलेको अब्बल भूमिकाको कदर गर्दै एनआरएनए जापानका सदस्य जिवन गुरूङलाई एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारी र कान्साईका संयोजक कृष्ण गैरेले एनआरएनए जापान क्षेत्रिय समिति कान्साईको तर्फदेखि संयुक्तरूपमा सम्मान प्रदान गर्नुभएको थियो। एनआरएनए जापान क्षेत्रिय समिति कान्साईका संयोजक तथा वार्षिक साधारण सभाका सभापति कृष्ण गैरेले आफूहरूले सकेको कामहरू गर्दै आएको र दुईवटा महत्वपूर्ण काम नेपाल फेस्टिवल र कान्साईमा नेपाली मन्दिर निर्माणको काममा कोरोनाको कारणले अन्योल रहेको र अगामी दिनमा यसलाई सफल पार्न आफ्नो भूमिका रहने कुराको जानकारी गराउदै कान्साईमा रहेका सम्पूर्ण संघ-संस्थासंग हातेमालो गरेर अगाडी बढ्ने हुनाले सम्पूर्णलाई सहयोग गर्नका लागि पनि अपिल गर्नुभएको थियो। एनआरएनए कान्साईको वार्षिक साधारण सभालाई विसर्जन गर्ने क्रममा टाढा टाढा देखि पाल्नुभएका सम्पूर्णमा विशेष धन्यवाद व्यक्त गर्नुभएको थियो।कान्साइ संयोजक कृष्ण शर्मा गैरेले आगामी केन्द्रीय अधिवेशन गर्न आफू उत्साहित रहेको भन्दै यस बिषयमा कार्यसमितिको बैठक बसी छिट्टै जानकारी गराउदै सबै लाई धन्यवाद ज्ञापन गर्नु भयो। कान्साइमा रहेका अधिकांश संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको उकता कार्यकममा समाज केन्द्रीय सदस्यहरु महेश कुमार कटुवाल,कान्साइका निबर्तमान संयोजक प्रेम प्रसाद कंडेलको लगाएतको सहभागीता रहेको थियो ।