प्रथम ‘नेपाल फेस्टिभल कान्साई २०२५’ को तीव्र तयारीसँगै मिडियामा देखिएको जागरुकता प्रवास विचार April 19, 2025 -मोहन कुवर ओसाका ,जापान कुनै पनि व्यावसायिक क्षेत्र देखि सामाजिक संघसंस्थाहरुको विभिन्न कार्यक्रमहरुमा प्रचारप्रसारले विशेष भूमिका प्रदान गर्ने भएकोले सञ्चार तथा मिडियाकर्मीहरुको पनि निकै महत्त्वपूर्ण स्थान रहेको हुन्छ।यहि अप्रिल २६/२७ गते गैरआवासीय नेपाली संघ क्षेत्रीय समिति (एनआरएनए) कान्साई तथा नेपाली राजदूतावास जापानको मुख्य आयोजना र जापानमा रहेका अन्य नेपाली सामाजिक संघसंस्थाको सहआयोजनामा हुन लागेको ‘नेपाल फेस्टिभल कान्साई २०२५’को कार्यक्रमलाई सफल पार्न जापानका विभिन्न मिडियाका माध्यम, जापनमै रहेका नेपाली सञ्चार माध्यम तथा पत्रकारहरु र नेपालका विभिन्न अनलाईन माध्यमबाट पनि प्रचारप्रसार निकै व्यापक रुपमा भएको देखिन्छ। यसरी फेस्टिभलको मिति नजिक आउँदै गर्दा सञ्चार मिडियामा देखिएको प्रसारप्रचारले पनि कान्साईमा हुने नेपाल फेस्टिभललाई अझ बढी रौनताका थपेको देखिन्छ। विशेषगरी जापानका विभिन्न शहरहरुमा जापानमा रहेका नेपालका सामाजिक संघसंस्थाहरुले गर्ने अधिकांश क्षेत्रहरुमा सोहि स्थानका नेपालीहरुको बढी सहभागिता हुने गर्दछ त्यसैले कान्साईमा हुने फेस्टिभलमा पनि कोबे ,क्योउतो र ओसाकामा रहेका विभिन्न पेसा, व्यावसायिक, सामाजिक संघसंस्थाहरुमा आबद्ध व्यक्तिहरु, विद्यार्थीहरु र जापानी समूदायको विशेष उपस्थितिमा कार्यक्रम भव्य र सव्य रुपमा सफल हुने आशा पनि गरिएको छ। कान्साईमा पहिलो पटक नेपाल फेस्टिभल आयोजनाको तयारीमा जुट्दै गर्दा जति जापनमा रहेका नेपाली र सामाजिक संघसंस्थाहरुबाट आर्थिक भौतिक र नैतिक रुपमा सहयोग देखिएको छ त्यसैगरी नै जापानका विभिन्न व्यवसायिक संघसंस्थाहरुबाट पनि उत्तिकै रुपमा सहयोग देखिएको छ। जापानको नान्काई रेल्वे कम्पनी फेस्टिभलको मुख्य स्पोन्सरको रूपमा छ भने क्योदाई रेमिट्यान्स स्पेसल इभेन्ट पार्टनरको रूपमा छ।ओसाका प्रिफेक्चर, ओसाका नगरपालिका तथा मियाकुजीमा वार्ड कार्यालय, ओसाका चेम्बर अफ कमर्स, ओसाका इन्टरनेसनल हाउस फाउन्डेसन, ओसाका फाउन्डेसन अफ इन्टरनेसनल एक्सचेन्जले समेत उक्त फेस्टिभलका लागि सहयोग गरिरहेका छन त्यसैले पनि कान्साईमा हुने ‘प्रथम नेपाल फेस्टिभवल कान्साई २०२५ ‘ लाई विशेष रुपमा हेरिएको छ। नेपाल फेस्टिभलको प्रचारको लागि नान्काई रेल्वे कम्पनीले ट्रेन भित्र पनि नेपाली, अङ्रेजी र जापानी भाषामा नेपाल फेस्टिवलको पोस्टर नै राखेको छ भने बेला बेलामा भिडियो पनि प्रसारण गरिरहेको छ त्यसैले गर्दा पनि जापानी समुदायहरुको पनि विशेष उपस्थित रही नेपालको परम्परा, कला–संस्कृति र पर्यटनलाई जापानमा प्रवर्द्धन गर्दै दुई देशबिचको मित्रता र सम्बन्धलाई अझ प्रगाढ बनाउन सहज हुने पनि अनुमान गरिएको छ। अप्रिल १७ गते कान्साईमा मूल आयोजक समितिले कार्यक्रमको अन्तिम तयारीको बारेमा गरेको पत्रकार सम्मेलनले गर्दा पनि कान्साईवासी नेपालीहरुमा अज बढी विश्वास थपिएको छ। जसरी पत्रकार सम्मेलनमा आर्थिक व्यवस्थापन समिति संयोजक तुलसीराम खरेल, खाद्य गुणस्तर मापन समितिको संयोजक टीकाराम कँडेल, सांस्कृतिक तथा झाँकी व्यवस्थापन समितिको संयोजक टिआर गौडेल, सुरक्षा तथा स्वयंसेवक व्यवस्थापन समितिको संयोजक भीम काउछा अनुप, प्रचारप्रसार समितिको संयोजक तेज गुरुङ, सचिवालय सदस्य एवं स्टल व्यवस्थापन समिति संयोजक विष्णुप्रसाद सापकोटा, मिडिया व्यवस्थापन समिति संयोजक पुरुषोत्तम लामिछाने, यातायात व्यवस्थापन समिति संयोजक सुवास कँडेल, संघसंस्था समन्वय समिति संयोजक हरि कँडेल, फूलमाला ब्याज व्यवस्थापन समिति संयोजक सपना डल्लाकोटीलगायतले आफ्नो समितिको कार्यप्रगतिबारे जानकारी गराएका थिए , साच्चिकै यसले आगामी वर्षहरुमा पनि कान्साईमा निरन्तर नेपाल फेस्टिवल हुने कुरामा विस्वास दिलाएको छ। अन्त्यमा, “प्रथम नेपाल फेस्टिभल कान्साई २०२५” लाई सफल पार्न गैरआवासीय नेपाली संघ क्षेत्रीय समिति कान्साई , अन्य विभिन्न सामाजिक सङ्घसंस्थाहरु र मिडियाकर्मीहरु मात्र नभएर हामी सबै कान्साईबासी नेपालीहरुको पनि उत्तिकै भूमिका रहने हुनाले कार्यक्रममा उपस्थित भएर मात्र पनि केहि न केहि रुपमा सहयोग पुग्दछ त्यसैले आफ्ना नजिकका आफन्त साथिभाई तथा जापानीहरुलाई पनि सहभागी बनाउने प्रयास गर्दै अनुशासनको मर्यादालाई पालना गर्दै सभ्य र भव्य रुपमा सफल पारौँ।