You are here
Home > प्रवास > श्रीसरस्वती प्राथमिक बिद्यालयको पक्कि भवन भब्य रुपमा उदघाटन,एम्बुलेन्स पाउदा स्थानिय दंग

श्रीसरस्वती प्राथमिक बिद्यालयको पक्कि भवन भब्य रुपमा उदघाटन,एम्बुलेन्स पाउदा स्थानिय दंग

जापानमा रहेको गैर नाफामुलक संस्था सन वोर्ल्ड भिजनको आर्थिक सहयोग र जापानको ओसाकामा ब्यवसाय संचालन गर्दै आएका बाग्लुङ दमेकका युवा बिष्णु सापकोटाको पहलमा बाग्लुङ जिल्ला जैमिनि नगरपालिका २ स्थित बनहुँमा रहेको एम्बुलेन्स श्रीसरस्वती प्राथमिक बिद्यालयको चार कोठाको नयाँ पक्की भबनको अप्रिल २२ तारिक भब्य समारोहका बिच उदघाटन गरिनुका साथै एम्बुलेन्स पनि हस्तान्तरण गरिएको छ ।

जैमिनि नगरपालिका प्रमुख इन्द्रराज पौडेलले प्रमुख अतिथी रहनुभएको उक्त कार्यक्रममा सन वोर्ल्ड भिजनका प्रमुख यमानो कजुयोसीले बिद्यालयको उदघाटन पछि बिद्यालय भवन हस्तान्तरण गर्नु भएको थियो।

जैमिनी नगरपालिकाको दमेक बनौँका स्थानीयहरु गाउमा एम्बुलेन्स पाएपछि हर्षित बनेका छन । सडक सञ्जाल पुगेपनि बिरामी परेको समयमा सदरमुकाम बागलुङ लगाए पोखरा काठमाण्डौ लैजान नसकेर समस्या झेल्दै आएका स्थानीयलाई एम्बुलेन्स पाएपछि ठुलो राहत मिलेको छ ।रोजगारीको लागि बिदेश गएका दमेकका बिष्णु सापकोटाको पहलमा जापान स्थित सन वल्र्ड भिजनका कार्यकारी प्रमुख काजु योसी यामानो सहितको टोलीले ३५ लाख मुल्यको एम्बुलेन्स गाउमा नै लगेर प्रदान गरेको हो । एम्बुलेन्स संचालनको लागि स्थानिय लक्ष्मिनारायण पञ्चदेव मन्दिरलाई जिम्मा दिईएको छ ।

जापानी संस्था सन वल्र्ड भिजनले एम्बुलेन्ससगै दमेक २ बनौँ स्थित सरस्वती आधारभुत बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीलाई मध्यनजर गर्दै ४५ लाख रुपैय“ाको लागतमा अत्याधुनिक भवन समेत निमार्ण गरिदिएको हो ।
रोजगारीको लागि बिदेश गएपनि आफनो देश र ठाउ“को लागि केही लगानी गर्नुपर्छ भन्ने सोचका साथ भवन निमार्ण र एम्बुलेन्सको लागि पहल गरेको जापानमा रहदै आएका बिष्णु सापकोटाले बताए । बिदेशमा रहेकाहरुले आफनो देश र ठाउको लागि यस्ता कार्य गर्नु प्रशंसनीय भएको ईन्जिनियर बिबेक सापकोटाको भनाई छ ।
भवन उदघाटन एवं एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा जैमिनी नगरपालिका प्रमुख इन्द्रराज सापकोटा,पुर्व सांसद प्रकाश शर्मा पौडेल,जैमिनी २ का वडा अध्यक्ष लक्ष्मी सापकोटा,शिक्षा विकास तथा समन्य ईकाईका प्रमुख गुरुप्रसाद पौडेल, ,सन्स वल्र्ड भिजनका कार्यकारी प्रमुख काजु योसी यामान ,सहयोगदाता बिष्णु सापकोटा,भवन निमार्ण समितिका अध्यक्ष प्रेम सापकोटा लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

उक्त भबनको समाज सेवी धनपति सापकोटा प्रमुख अतिथी रहनु भएको एक कार्यक्रममा ८४ बर्ष पार गरिसक्नु भएका अग्रजहरु धनपति सापकोटा सहित आग्रज समाज सेवीहरु नरिश्वर सापकोटा, कृपा राम अम्माई, हरिलाल सापकोटा र श्यामलाल सापकोटाले धर्मिक बिधी पूर्वक जग पूजा गरी संयुक्त रुपमा शिलान्यास गर्नु भएको थियो।
यस भबन लाई स्ट्रेन्थ डेवलोप्मेन्ट प्रालीको प्राबिधिक सहयोगमा निर्माण सम्पन्न गरिएको कम्पनीका प्रमुख जगन अम्माइले जानकारी दिनु भयो।
२०४५ माघ २१ मा स्थापना भएको उक्त प्राथमिक बिद्यालय २०७२ सलमा गएको महा भुकम्पको कारणले क्षतीग्रस्त भएपछी पठन् पाठनमा केही समस्या भएको थियो ।
बिद्यालयका प्रधानाध्यापक छबिलाल सापकोटाले नयाँ भबनको निर्माण सँगै बनहुँमा शिक्षाको नयाँ बिहानिको सुरुवात हुने बताउनु भयो।
बिद्यालय निर्माणकोलागि सहयोग गर्नुहुने सम्पूर्ण महानुभाबलाई बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ॠषिराम सापकोटाले धन्यबाद दिदै आगामी दिनहरुमा पनि निरन्तर रुपमा सहयोगकालागि अनुरोध गर्नु भएको छ ।
सरस्वती आधारभुत बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम सापकोटाको अध्यक्षता,प्रअ छविलाल सापकोटाको स्वागत र शिक्षक अग्नीधर सापकोटाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Top