मुर्कुट्टा शासक साहित्य August 10, 2021 –कमलराज केसी मुर्कुट्टाको टाउको हुँदैन टाउको नहुनेको दिमाग हुँदैन आँखा हुँदैन कान हुँदैन । रानीमाहुरी घेरिए झैं अन्य माहुरीबाट हरबखत घेरिएको हुन्छ दासहरुबाट मुर्कुट्टा शासक ! दासहरुको जयजयकारमा निमग्न मुर्कुट्टा शासक लेण्डुपे पथको नायक हो । आफूलाई निक्कै शक्तिशाली भन्ठान्छ मुर्कुट्टा शासक आफ्नै भक्तहरुलाई मात्र योग्य देख्छ मुर्कुट्टा शासक मानौं यो देश नै उसको विर्ता हो जसको टाउको हुँदैन टाउको नहुनेको विवेक हुँदैन सहीसलामत दिमाग हुँदैन समदर्शी, दूरदर्शी आँखा हुँदैन न्याय सुन्ने उसको कान हुँदैन र त उसलाई थाहा हुँदैन आफ्नै पतनको ऊ कति नजिक छ । मङ्गलसेन ४ अछाम हाल, घट्टेकुलो, काठमाडौं