You are here
Home > प्रवास > नेपालको कृषिमा केन्द्रित रही जापानमा व्यवसायी र विज्ञबिच छलफल हुने

नेपालको कृषिमा केन्द्रित रही जापानमा व्यवसायी र विज्ञबिच छलफल हुने

नेपालको कुषिमा केन्द्रित रहेर जापानमा रही विभिन्न क्षेत्रमा सक्रिय नेपालीहरुबिच छलफल हुने भएको छ ।

नेपाली राजदूताबास जापानको सहयोगमा हुन लागेको नेपाल जापान डाइलग सिरिजको दोश्रो श्रृंखला अन्तर्गत डिसेम्बर १ तारिखमा इतो रिसर्च हल टोक्यो युनिवार्सिटीमा कार्यक्रम हुने भएको छ ।

कृषि बिषयमा अन्तर्क्रिया हुने कार्यक्रमलाई चार भागमा बिभाजन गरिएको बताईएको छ ।

कार्यक्रमलाई सिटिनेटका निर्देशक केन्द्र बरुआले सहजीकरण गर्नुहुने भएको छ । पहिलो सत्रमा हिरोशिमा युनिभर्सिटीका प्राध्यापक डा. केशवलाल महर्जनले नेपालको कृषिको वर्तमान अवस्था र जापानी कृषि प्रविधिबाट सिक्न सकिने पक्षहरु र कुमामोतो युनिभर्सिटीका उप प्राध्यापक डा.हरि देवकोटाले नेपाली जडीबुटीको जापानमा सम्भावनाबारे प्रकाश पार्नुहुनेछ ।

दोश्रो सत्रमा जाइका संस्थाका अध्यक्ष तोशिकजु मारुयामाले नेपालमा जापानी प्रविधिले गरिएको कृषि विषयमा चर्चा गर्नुहुनेछ भने कावैसेन कृषि फर्मका संचालक मिनोरु कवाशिमाले नासपाती खेती र पोल्लेन खेतीका विषयमा धारणा राख्ने कार्यक्रम रहेको छ ।

यस्तै तेस्रो सत्रमा मेबिओल कम्पनीका सिइओ डा. युइचि मोरीले माटो बिना गर्न सकिने खेतीको बारेमा चर्चा गर्नु हुनेछ भने कादिंचे कम्पनीका सिइओ डा. सोको आओकीले सिचाई प्रविधिको विषयमा प्रकाश पार्नुहुनेछ ।

कार्यक्रमको चौथो सत्रमा नेपालका लागि पूर्व जापानी राजदूतहरु मित्सुअके कोजिमा र मासाशी ओगावाले नेपाल र जापानबीच हुन सक्ने कृषिका सहकार्य विषयमा चर्चा गर्नुहुने छ ।

जापानका लागि नेपाली राजदूत प्रतिभा राणा प्रमुख अतिथी रहनु हुने कार्यक्रममा करिव ३० जना जापानी र ४० जना नेपाली कृषिसँग सम्बन्धित व्यक्तिहरुको सहभागिता रहनेछ । कार्यक्रममा सहभागि हुन चाहनेलाई पोस्टरमा नम्बरमा सम्पर्क गर्न आयोजकले आग्रह गरेको छ ।

Leave a Reply

Top