You are here
Home > प्रवास > सन्तोष लामिछानेको उपन्यास ‘अल्टिमेट अाकाश’भब्य रुपमा सार्वजनिक

सन्तोष लामिछानेको उपन्यास ‘अल्टिमेट अाकाश’भब्य रुपमा सार्वजनिक

साहित्यकार एवं नेपाली अमेरिकन मैत्री संघ (नाफा)का अध्यक्ष सन्तोष लामिछानेको उपन्यास ‘अल्टिमेट अाकाश’ एक समाराेहबीच अमेरिकाको म्याडिसनमा सार्वजनिक गरिएकाे छ ।

वरिष्ठ लोक गायक एवम् अवैतनिक नेपाली महावाणिज्य दूत प्रेमराजा महत, कवि गोवर्धन पूजा, साहित्यकार कृष्ण बजगाईंलगायतले संयुक्त रूपमा कृतिकाे विमाेचन गरेका हुन् ।

उक्त कार्यक्रमका लागि बेलायतबाट विशिष्ट अतिथि साहित्यकार कृष्ण बजगाईंले कृतिको समीक्षा गर्दै नेपाली डायस्पोरिक साहित्यमा ‘अल्टिमेट आकाश’ एउटा कोशेढुंगाको रुपमा रहने धारणा व्यक्त गरे । अमेरिकी भूमिमा युवाले गर्नुपरेको संघर्ष र सफलताको कथा रहेको उक्त उपन्यासकाे विषयवस्तु, भाषा शैली रोचक रहेको बजगार्इंकाे भनाइ थियाे ।

अमेरिका निवासी उपन्यासकार लामिछानेका पिता डा.भरत लामिछानेले कृतिका तीतामिठा कुरा कोट्याउँदै, कृतिको सकारात्मक पक्ष र चुनौती माथि आफ्नो धारणा राखेका थिए ।

अवैतनिक नेपाली महावाणिज्यदूत प्रेमराजा महतले देशबाट टाढा भए पनि देशकै तर्कनामा रहेर नेपाली भाषा र संस्कृति उकास्न र नयाँ पुस्तालाई सिकाउन लागिपरेको नेपाली समुदाय देखेर आफूलाई खुशी लागेको बताए ।

साहित्यकार गोवर्द्धन पूजाले सिर्जनात्मक लेखनमा निरन्तर अभ्यासको खाँचो औँल्याए । उपन्यासकार लामिछानेले अमेरिकी भूमिमा नेपाली युवाका भोगाईलाई उपन्यासको रुप दिएको बताउँदै केही हदसम्म भए पनि यसबाट नेपाली युवा लाभान्वित हुन सक्ने धारणा राखे ।

नाफाले आयोजना गरेको १०९ औं महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती एवम् ‘नाफा साहित्यिक साँझ २०७५’ बिचमा उक्त बिमोचन कार्यक्रम भव्यरुपमा सम्पन्न भएको थियो । प्रतियोगी तथा अप्रतियोगी गरी जम्माजम्मी ३५ वटा कविता वाचन समेत गरिएको साे कार्यक्रम नाफा अध्यक्ष समेत रहेका सन्तोष लामिछानेको सभापतित्वमा सम्पन्न भएको थियो ।

उक्त उपन्यास ‘आमाजोन’बाट अनलाईनमार्फत बिक्री भइरहेको उपन्यासकार लामिछानेले जानकारी दिए । उपन्यास बेलायतस्थित समकालीन साहित्य प्रतिष्ठानले प्रकाशित गरेको हो ।

Leave a Reply

Top