You are here
Home > प्रवास > थकाली सेवा समिती जापानले आगामी जुलाई १४ मा वार्बेक्यु गर्ने

थकाली सेवा समिती जापानले आगामी जुलाई १४ मा वार्बेक्यु गर्ने

टोकियो । थ से स ( थकाली समाज समिती ) जापानले सधैं झै गर्दै आएको वार्बेक्यु यस वर्ष पनि गर्ने भएको छ । गतसाल गरिएको स्थान शिन मारुकोमा आगामी जुलाई १४ (शुक्रवार) तारिखमा गरिने तय भएको समाजका अध्यक्ष बुद्दी गौचनले जानकारी दिनु भयो । अग्रजहरुको भनाइ अनुसार सम्भवत: नेपाली समाजमा वार्बेक्यु ( समर पिकनिक ) सुरुवाती गरेको थ से स जापान नै भएको दावी गर्दै अहिलेसम्म उत्कृष्ट परिकार , स्वाद र हाइजेनिकमा पनि ध्यान दिइएको विष्लेषकहरु बताउछन । २९ वर्ष अघी स्व डा. योगेन तुलाचनको संरक्षकत्व समाजको स्थापना भएको केही वर्षपछी थ से स ले वार्बेक्युलाई निरन्तरता दिदै आएको छ । समितीले सुरुवातिको दिनमा फुताको तामागावामा वार्ब्व्क्युको आयोजना गर्दथ्यो भने त्यस पछी शिन किवामा गर्दै आएको थियो । उक्त ठाउमा सन २०२० मा जापानमा विश्व कप प्रतियोगिताको तयारीको लागि सो ठाउँ उपभोग हुने भएकोले गतसालबाट खानागावा केनको शिन मारुको खोलाको किनारामा गर्दै आएको छ । उक्त दिनमा जापानबासी सम्पूर्ण नेपालीहरुलाई समाजले हार्दिक आमन्त्रण गरेको छ ।

Leave a Reply

Top