दक्षिणकालीमा मनाइयो २५६३ औ बुद्ध जयन्ती समाचार May 20, 2019May 20, 2019 विष्णु कुमारी तामाङ बैशाख ४, फर्पिङ, प्रत्येक वर्ष वैशाख शुक्ल पूणिमाका दिन मनाइने बुद्ध जयन्ती आज पनि देशभर विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ । हरेक वर्ष बौद धर्मालम्वीहरुले आ–आफ्नै तरिकाले मनाइने बुद्ध जयन्ती यस बर्ष भने दक्षिणकाली नगरपालिकाले आफ्नै आयोजनामा जयन्ती मनाइएको छ । बुद्ध जयन्तीको कार्यक्रमका लागि नगरबाट १०१ मूल समारोह समिति गठन गरिएको थियो र त्यसै समितिको आयोजनामा आज कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको हो । कार्यक्रम जेष्ठ ४ गते विहान ८ देखि द.न.पा. ५ फर्पिङ स्थित बुद्ध मन्दिरमा बुद्धको पुजा गरि सुरु गरिएको थियो भने दिउसो १२ बजे बाट औपचारिक कार्यक्रम र बेलुका ३ बजे बाट बुद्धपार्क बाट विभिन्न बाजागाजा सहित रथ यात्रा गरि नगर परिक्रमा गरिएको थियो । औपचारिक कार्यक्रममा सभाध्यक्षको रुपमा नगर प्रमुख मोहन बस्नेत हुनुहुन्थ्यो भने विशिष्ट अतिथिमा बौद्ध गुम्वाका आचार्य तथा प्रवचक गुरु शेनाम्खा दोर्जे लामा हुनुहुन्थ्यो । कार्यक्रममा विभिन्न गुम्बाका गुरुहरुले फर्पिङ र बुद्ध धर्मका बिचमा के सम्वन्ध छ भन्ने जानकारी दिनुभएको थियो भने अन्य व्यक्तित्वहरुले बुद्ध जयन्तीको अवसरमा शुभकामना दिनुभएको थियो । स्थानिय सरकारको सहयोगमा आयोजना गरिएको यो कार्यक्रम सवै जाती धर्म मिलेर चलाएको यो कार्यक्रम देशक ैलागि एक नमुना कार्यक्रम हुनसक्ने भनि खुसी व्यक्त गर्दै बौद्ध धर्म कुनै तामाङ शेर्पा भाटेकोे मात्र होइन यो धर्मको प्रथम चेलाहरु नै नेवार क्षेत्री वहुन नै भएकोले यो कुनै सिमित जातजातिको मात्र धर्म नभएको र सबै मिलि यो धर्म र बुद्ध ज्ञानलाइ सबैमा फैलाएर बुद्ध वाज ब्रन इन नेपाल हाइन कि बुद्ध वाज ब्रन इन मि भन्ने भावना सिर्जना गर्नुपर्ने कुरा प्रवचक लामाले कार्यक्ममा बताउनुभएको हो । यति मात्र नभइ फर्पिङ एक महत्वपूर्ण स्थल जहा गुरु पद्मशम्भवले सिद्धि पाप्त गरेको स्थान वुद्ध ज्ञान प्राप्त गरेको पहिलो स्थान भएकोले यसको प्रचारप्रसार गर्नुपर्ने जसमा नगरपालिकाको यो पहिलो कदम जसले कार्यक्रमको आयोजना गरियो त्यसमा खुसी व्यक्त सहित आगामि दिनमा पनि यसरि नै सवैले सवै धर्म प्रति सकरात्मक सोच राख्नुपर्ने र यसो भएमा बुद्धमय नगर बन्न सफल हुने भन्दै बुद्ध जयन्तीको अवसरमा सुख शान्ति र सम्वृदिको शुभकामना व्यक्त गर्नुभएको हो । कार्यक्रममा शुभकामना मन्तव्यकै क्रममा दक्षिणकाली नगरपालिकाका उपप्रमुख वसन्ती तामाङ डंगोलले फर्पिङ एउटा बुद्धको तपोभूमि भएको तर यसलाई लिपिबद्ध गर्न बाकि रहेको भन्दै यसलाई लिपिबद्ध गराउन सवैको मनमा बुद्धत्व हुनुपर्ने सवैले नेगिटिभ कुराहरु ह्टाउनुपर्ने र भाइचाराको सम्वन्ध राख्नुपर्ने बताउनुहुदै नगरपालिकाबाट गर्नुपर्ने सहयोग समेत गर्ने प्रतिबद्धता राख्नुभयो भने सवै जना समान छौ कोही पराई छैन भन्दै सवैमा बुद्धको अनुयायी भएर अगि बढ्न सवैमा शुभेक्षा राख्नुभएको हो भने आजको कार्यक्रम देशभरकै लागि एक नमुना कार्यक्रम हुनसक्ने बताउनुभयो । कार्यक्ममा विशिष्ट अथिति लामा गुरु र नगरका अग्रज बुद्ध अनुयायी बुद्धिलाल मानन्धरलाई मायाको चिनो वितरण गरिएको थियो भने औपचारिक कार्यक्रमको अन्त्य संगै कार्यक्रमका सभाध्यक्ष वस्नेतले उक्त कार्यक्रमवाट धेरै ज्ञान प्राप्त भएको र अझै पनि फर्पिङ र यहा भएको गुम्बाहरुको बारेमा बढि ज्ञान प्राप्त गर्न बौद्ध गुरुहरुवाट सप्ताहव्यापी प्रवचन राख्ने र नगरवाट यसको लागि आवश्यक सहयोग गर्ने बताउनुभयो । जसले गर्दा देशभर फर्पिङलाई चिनाइ पर्यटक भित्राउन सक्ने र हिन्दु र बौद्ध धर्मलम्वी बिचको सम्वन्ध सुमुधुर हुने बताउनु भयो । कार्यक्रममा सबै वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कर्मचारीहरु, विभिन्न गुम्बाका गुरुहरु, लामाहरु, आनीहरु विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, नगरवासीहरु उपस्थित थियो भने बुद्ध मन्दिरबाट सुरु गरिएको रथयात्रा नगर परिक्रमा गरि पुन उक्त ठाउमै आइृ रथ विर्सजन गरि प्रसाद ग्रहण गरि कार्यक्रम समापन गरिएको थियो ।