You are here
Home > प्रवास > गल्कोट समाज कान्साइको दसैं विशेष साँगीतिक कार्यक्रम सम्पन्न

गल्कोट समाज कान्साइको दसैं विशेष साँगीतिक कार्यक्रम सम्पन्न

गल्कोट समाज जापान कान्साइ क्षेत्रिय समितिको आयोजनामा कान्साइमा दसैं विशेष साँगीतिक कार्यक्रम २०७५ सम्पन्न भएको छ । नेपालिको महान चाड िबजया दशमीको स्वागत गर्दै दसैं विशेष साँगीतिक कार्यक्रम २०७५ जापानको शिन ओसाकामा रहेको कोको प्लाजामा गत अक्टोबर २ तारीख मंगलबार सम्म्पन्न भएको हो ।
गल्कोट समाज जापानका संरक्षाक हर्क थापा प्रमुख अतिथी रहनु भएको उक्त कार्यक्रम संस्थाका अध्यक्ष सिबु थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।संस्थाका उपाध्यक्ष प्रकाश गैरेले स्वागत गर्नु भएको सो कार्यक्रम संस्थाका मुल ब्यस्थापन समितिका संयोजक तथा संस्थाका बरिष्ठ उपाध्यक्ष देवेन्द्र थपा र संस्थाका सल्लाहकार नर थापाले संचालन गर्नु भएको थियो भने कार्यक्रममा कान्साइमा रहेका बिभिन्न सँग संथाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

संस्थाको आर्थिक बिकास तथा आपतकालीन राहत कोष स्थापना गर्नको लागि दशैं बिशेष सांगीतिक कार्यक्रम २०७५ को आयोजना गरिएको उक्त कार्यक्रममा नेपालका चर्चित कलाकार ईश्वर सिंह, ऋतु कंडेल तथा स्थानीय कलाकार कुलबिर थापा, दुर्गेश कार्की, दिनेश के.सी लगायतको प्रस्तुति रहेको थियो ।

सन् २००६ सालमा स्थापित संस्था गल्कोट समाज जापानले स्थापनाकाल देखि निरन्तर मानवीय सेवा, समाज र राष्ट्र विकासमा थुप्रै अनुकरणीय सहयोगहरु गर्दै आएको छ।

Leave a Reply

Top