You are here
Home > प्रवास > अङ्ग्रेजी नयाँ बर्ष २०२२ को अवसरमा एनआरएनए कान्साइले डिनर तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने ।

अङ्ग्रेजी नयाँ बर्ष २०२२ को अवसरमा एनआरएनए कान्साइले डिनर तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने ।

दीपश्री अन्लाईन ,ओसाका (जापान )।

एनआरएनए जापान,कान्साइ क्षेत्रीय समितिले अङ्ग्रेजी नयाँ बर्ष २०२२ को अवसर पारेर यही डिसेम्बर २८ तारिक डिनर तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ ।

हरेक वर्ष गरिने नयाँ बर्ष कार्यक्रमलाई निरन्तरता दिने क्रममा यसपाली अल्ली पृथक तथा कोरोनाको जटिल परिस्थितीले गर्दा प्रत्यक्ष रूपमा भेट गरि सुख दुःख साटासाट गर्न पनि नपाएको अवस्थालाई मध्यनजर गर्दै भाईचारा र एकतालाई अझ बजबुत बनाउने उदेश्यले नया वर्ष आगमनको पूर्वसंध्यामा यहि मिती २०२१-१२-२८ तारिक उप-संयोजक विष्णु सापकोटाको संयोजक्त्वमा नया वर्ष २०२२ को शुभ अवसरमा डिनर तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्न गईरहेको गर्न लागिएको एनआरएनए कान्साइका संयोजक दिलिप शर्मा गैरेले बताउनु भयो ।

यस कार्यक्रमको संयोजनकारी भूमिकामा रहनुभएको उप-संयोजक विष्णु सापकोटाले ऊक्त कार्यक्रममा नया वर्ष २०२२ को शुभकामना आदान प्रदान, डिनर , शुभकामना मन्तव्य, गित ,गजल तथा नृत्य को साथमा लक्कि ड्र तथा पुरस्कार रहेको जानकारी दिदै कार्यक्रम लाई सफल बनाउन हार्दिक अपिल गर्नु भएको छ।

यो कार्यक्रम विशुद्ध भाईचारा र एकतालाई अझ बजबुत बनाउने उदेश्य भएको हुदा कार्यक्रम लाई सफल पार्न सल्लाह ,सुझाव सहितको सकरात्मक र रचनात्मक भूमिका निर्वाह गर्दै एनआरएनए कान्साईको यस कामलाई हौसल्ला प्रदान गर्नुहुन आयोजक समिती मध्यका एक सचिब तेज प्रकाश गुरुङले आह्वान गर्नुभयो।

Leave a Reply

Top