एनआरएनए कान्साईको आर्थिक सहयोगमा गैडाकोटमा निर्मित बिद्यालय भवनको उद्घाटन सम्पन्न खुसी बाँडे खुसी बढ्छ प्रवास December 23, 2021December 23, 2021 दीपश्री अन्लाईन ,ओसाका (जापान )। एनआरएनए जापान कान्साई क्षेत्रिय समिति २०१९–२०२१ को आर्थिक सहयोगमा लायन्स क्लब अफ चितवन नवलपुरले गैडाकोट ३, केलादीमा निर्माण गरेको ३ कोठे बिद्यालय भवनको समुद्घाटन गरिएको छ । श्री कालिगण्डकी बाल बिकास केन्द्रको ३ कोठे उक्त भवन निमार्णका लागि एन आर एन ए जापान कान्साई क्षेत्रिय समिति २०१९–२०२१ को करिब ६ लाख आर्थिक सहयोग र स्थानिय जनश्रमदान एवं क्लबका सदस्यहरुबाट रु १ लाख गरी ७ लाख खर्च भएको कार्यक्रम संयोजक उमाकान्त कँडेलले जानकारी दिनुभयो । नवनिर्मित भवनको समुद्घाटन गर्दै गैडाकोट नगरपालिका नगर प्रमुख छत्रराज पौडेलले बिद्यालय भवन निमार्णमा लायन्स क्लब र एनआरएनए को मुक्त कण्ठले प्रसंशा गनुभयो । शिक्षामा गरेको लगानीको प्रतिफल दिर्घकालिनरुपमा प्राप्त हुने बताउदै कलिला बाल बालिका अध्ययन गर्ने बिद्यालय छानेर सहयोग गनुभएकोमा धन्यवाद ब्यक्त गर्दे आउदा दिनहरुमा पनि यस्तै सहयोगका लागि अनुरोध गनुभयो । कार्यक्रमका बिशिष्ट अतिथि लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपालका डिष्ट्रिक गर्भनर रामप्रसाद भट्टले जहाँ जस्तो आवश्यकता त्यहाँ त्यस्तै सहयोग गर्नुपर्छ भन्ने मान्यता बोकेका लायन्सहरुको पहलमा निमार्ण भएको बिद्यालय भवनले केलादी क्षेत्रका बिद्यार्थी र अभिभावकहरुलाई निक्कै सुबिधा पु¥याउने आफुले महसुस गरेको बताउनुभयो । उहाँले लायन्स यस बिद्यालयका नानी बाबुहरुका लागि खेलकुदका सामग्री तथा स्टेशनरी सागाग्रीहरु पनि चाँडैनै प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गनुभएको थियो । वहाँले यस क्षेत्रका नागरिकहरुलाई बिभिन्न सिपमुलक तालिमहरु लायन्सले प्रदान गर्ने जानकारी दिनुभयो । कार्यक्रममा एनआरएनए जापान कान्साई क्षेत्रिय समिति २०१९–२०२१ का सचिब सुरेश सापकोटाले आफुहरुले गाँस कटाएर पठाएको पैसाबाट लायन्सहरुले आफुहरुले सोचे भन्दा पनि राम्रो काम गरेको बताउदै आउदा दिनमा पनि यस्तै सहकार्य गर्न आफु उत्साहित भएको बताउनुभयो । गैडाकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष शिवकान्त तिवारीले शिक्षाका लागि लायन्स क्लब र एनआरएनएले आफ्नो वडामा निमाार्ण गरिदिएको भवनबाट शिक्षाबाट बिमुख हुनुपर्ने अवस्थामा पुगेका बालबालिका र उनीहरुका अभिभावकलाई राहत पुगेको बताउदै बिद्याललयमा आवश्यक पर्ने शौचालय तथा खेलकुद मैदानको स्तरोउन्नतीका लागि पनि सहयोग गरिदिनुहुन अनुरोध गनुभएको थियो । कार्यक्रममा गैडाकोट नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नवराज कंडेल, लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ का चिफ एक्जुकेटिभ दिनानाथ न्यौपाने, एनआरएनए जापान कान्साई क्षेत्रिय सह सचिव लक्ष्मण गैरै, बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष हरिनारायण श्रेष्ठ, बिद्यालयका प्रअ केदाननाथ पौडेल, लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ का बिभिन्न पदाधिकारीहरु, स्थानिय वासिन्दाहरुको उपस्थिती रहेको थियो । बि.स. २०५८ सालमा हर्दिमा रहेको मौलादेबी प्राथामिक बिद्यालयको शाखाको रुपमा रहेको श्री कालि गण्डकी बाल बिकास केन्द्र, केलादीमामा हाल बाल विकास कक्षामात्र सञ्चालन हुने गर्दछ । सो कक्षामा हाल १५ जना बिद्याथीहरु अध्ययनरत छन् । बिद्यालयका प्र.अ. केदारनाथ पौडेलल नयाँ बिद्यालय भवन भएपछि पठ्न पाठनमा निक्कै सहज हुने बताउनुभयो । सो कार्यक्रम लायन्स क्लब अफ चितवन नवलपुरका उपाध्यक्ष अञ्जन भट्टको सभापतित्वमा सम्पन्न भएको थियो । अध्यक्ष भट्टले बिद्यालय भवन मात्र नभएर यो गाँउलाई आफुहरुले ु्बिधा सम्पन्न लायन्स ग्रामका रुपमा बिकास गर्ने समेते सोच रहेको बताउनुभएको थियो ।