You are here
Home > प्रवास > जापानब्यापी अनलाइन कविता प्रतियोगितामा सहभागी मध्य उत्कृष्ट १० को नाम सार्वजनिक

जापानब्यापी अनलाइन कविता प्रतियोगितामा सहभागी मध्य उत्कृष्ट १० को नाम सार्वजनिक

एनआरएन जापान कान्साई क्षत्रिय समितिले आयोजना गरेको जापानब्यापी अनलाइन कविता प्रतियोगितामा सहभागी मध्य उत्कृष्ट १० मा पर्न सफल सर्जकहरुकोनाम सार्वजनिक गरेको छ ।कार्यक्रम संयोजक नरेन्द्र बस्नेत दिनेश बाट प्राप्त जानकारी जस्ताको तस्तै यस प्रकार छ ।

जापानको बिभिन्न क्षेत्रमा कर्म गर्दै साहित्यमा रुचि राख्ने स्रस्टा हरुको प्रतिभा उजागर गर्ने उद्देश्य सहित एनआरएन जापान कान्साई क्षत्रिय समितिले आयोजना गरेको जापानब्यापी अनलाइन कविता प्रतियोगितामा यहाहरुको बृहत सहभागिताले हामिलाई थप उत्साहित र जिम्मेवार बोध गराएको छ। हामीलाई प्राप्त कुल ४९ कविताहरू पठाउनुहुने कवि तथा कवियत्री ज्यूहरूप्रती हार्दिक धन्यवाद।साथै हाम्रा निर्णायक ज्यूहरूको मूल्यांकनबाट उत्कृष्ट १० मा पर्न सफल निम्न कवि तथा कवियत्री ज्यूहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ।
कविता प्रतियोगिताको वाचन मिति र समय सम्बन्धमा अत्यन्त जरूरी सूचना!!

१)हामीले यहाहरुलाइ पूर्ववत जानकारि गराए अनुरूप मार्च २८ तारिक रातको १२ बजे बाट कविता पठाउने समय सकिएको छ।
२)मार्च २८ रातको १२:०० बजे भन्दा अगाडी सम्म हामीलाई प्राप्त कविताहरू मध्यबाट नेपाली साहित्य क्षेत्रको प्राज्ञिक हाम्रो निर्णायक ज्यूहरू बाट कविताको मुल्यांकन गरि उत्कृष्ट १० कविता छनोट भएर हामीलाई प्राप्त भैसकेको छ।
३)छनोट हुनु भएका उत्कृष्ट १० कविता को कबि ज्यु हरुलाई हामीले मेल मार्फत अप्रिल ८ तारिक बिहिबार जापानको समय १९:०० बजे र नेपालको समय १५:०० ४५ बाट शुरु गरिने लाइब को लागि जानकारी पठाई सकेका छौ।
६)जूम को माध्यम बाट एनआरएन कान्साई ,एनआरएन जापानको अधिकारिक फेसबुक पेज तथा अन्य मेडिया बाट लाइव गरि वाचन गराइने उत्कृष्ट १० कविता को लागि प्रतियोगितामा सहभागिता जनाउनु भएका कवि ज्यू हरुले अप्रिल ८ तारिक आफ्नो समय सम्पादन गर्नु हुन पुनश्च अनुरोध समेत गर्दछौ।
जापान भरि बाट सहभागी कबि ज्यु हरु मध्ये निर्णायक हरुको निर्णय अनुसार छनोट हुनुभएको उत्कृस्ट १० कबि ज्यु हरु निम्न बमोजिम हुनुहुञ्छ।
बाचनको लागि छनोट हुनु भएका उत्कृस्ट १० कबि हरु
१)म्यामराज राइ कावासाकी जापान
२)सयपत्री थुलुङ /इन्द्रमाया राइ टोकियो जापान
३)शर्मिला थापा कार्की इसिकावा केन
४)अञ्जना न्यौपाने ओसाका
५)दिल थापा सिजुओका जापान
६)मन्जुल बराइली कुमामोतो जापान
७) बिमन किराती गुन्मा केन जापान
८) शारदा पाण्डे टोक्यो जापान
९)प्रबिन लामा इकेबुकुरो, जापान
१०)अमरदेव बास्तोला टोक्यो जापान
आयोजक एनआरएनए जापान कान्साई क्षेत्रीय समिति
जापानब्यापी अनलाइन कविता प्रतियोगिता २०२१
धन्यवाद।

 

Leave a Reply

Top