जापानको लायन्स क्लबललाई दीप्श्रीको सम्मान प्रवास June 15, 2021June 15, 2021 जापानको ह्योगो केन स्थित कोबेमा रहेको मिकी हिगासी लायन्स क्लबले ४० औं वार्षिक उत्सब भब्यताका साथ सम्पन्न गरेको छ। बिगत दुई दशक देखी नेपालको बिभिन्न क्षेत्रमा सगयोग गर्दै आएको मिकी हिगासी लायन्स क्लबलाई उक्त वार्षिक उत्सबको अबसरमा पारेर दीप्श्री कृयटीभ मिडियाका प्रमुख पुरुषोत्तम लामिछानेले धन्यवाद पत्र प्रदान गर्नु भएको थियो।उक्त अबसरमा उशा जापानका अध्यक्ष ओनो खाजुव लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधि हरुको उपस्थिती रहेको थियो। यस अघी बिगत १४ बर्ष देखी निरन्तर संचार क्षेत्रमा योगदान दिदै आएको दीप्श्री कृयटीभ मिडिया नेपाललाई जापानको ह्योगो केन स्थित कोबेमा रहेको मिकी हिगासी लाइन्स क्लब कोबेले जापानी एन पाँच लाख बराबरको प्राबिधिक सामाग्री सहयोग गरेको थियो ।सन २००१ देखी नेपालका बिभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको मिक्की हिगासी लाइन्स क्लब कोबेले यस बर्ष दीप्श्री दीप्श्री कृयटीभ मिडियालाई उक्त रकम बराबरको सामाग्री हस्तान्तरण गरेको हो । प्राप्त सामाग्री बिभिन्न टेलिभिज कार्यक्रम उत्पादनमा प्रयोग गरिने संस्थाका कार्यबहाक प्रमुख दीपक लामिछानेले जानकारी दिनु भयो।आगामी दिन हरुमा पनि दीप्श्री कृयटीभ मिडिया सँग सहकार्य गर्दै अगाडि बड्न आफुहरु उत्साहित रहेको मिकी हिगासी लाइन्स क्लब कोबेले जनाएको छ