प्रतिलिटर २६।६२ रुपैयाँ कर छुट होस् पेट्रोलियम पदार्थमा स् शेखर कोइराला समाचार June 24, 2022June 24, 2022 १० असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा प्रतिलिटर २६।६२ रुपैयाँ नलिने निर्णय गर्न सरकारलाई सुझाव दिनु भएको छ ।अन्तर्राष्ट्रिय बजारमा मूल्य नघट्दासम्म प्रतिलिटर २६।६२ रुपैयाँ नलिने निर्णय गर्नु पर्ने उनको धारणा छ ।यसो गर्न सकिए जनताले महँगीको चपेटाबाट राहत पाउने र आर्थिक गतिविधि पनि गतिशील भइराख्ने डा। कोइरालाको भनाइ छ । आज सामाजिक सन्जालमा उनले लेखेका छन्, ‘जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशील बनाई राख्न सरकारले पेट्रोलियम पदार्थको मूल्यमा लाग्ने पूर्वाधार कर रु १०, सडक मर्मत कर रु ४ र भन्सार र प्रज्ञापन शुल्क रु २५।२३ को आधा रु १२।६२ गरी जम्मा रु २६।६२ प्रतिलिटर अन्तर्राष्ट्रिय बजारमा मूल्य नघट्दासम्म नलिने निर्णय गरोस् ।’