मास्क अनिवार्य प्रयोग गर्न र खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह समाचार July 22, 2022July 22, 2022 ६ श्रावण,काठमाडौं । कोरोना संक्रमण फेरि बढ्न थालेपछि सरकारले अनिवार्य मास्क लगाउन आग्रह गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरि विमानस्थल, हवाई यात्रा, सार्वजनिक यातायात तथा सार्वजनिक ठाउँहरुमा अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरेको हो । मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले जारी गरेको सूचनामा गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने स्थलमा मास्कको अनिवार्य प्रयोग गर्न भनिएको छ ।खोप नलगाएकाहरूलाई तत्काल खोप लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ । नेपालमा अहिले दुई हजार ५३७ जना सक्रिय संक्रमित रहेका छन् ।