एनआरएनए कान्साइको सहयोग पाएपछी बिष्णु बि.क.ले भने “अब बाच्ने आशा पलाएको छ” प्रवास समाचार October 24, 2021October 24, 2021 -दीप्श्री अन्लाईन /कन्साइ, एन आर एन ए जापान,कान्साइ क्षेत्रिय समिताले गल्कोट नगरपालिका वडा नं १ साबिक दुदिलाभाती गाविस वडा नं १ चौराहा बस्ने ३८ वर्षीय बिष्णु बहादुर बि.कको उपचारको लागि संकलन गरेको आर्थिक सहयोग प्रदान गरेको छ । बि.क.को दुबै मृगौला खराब भएको र उपचार गर्न रकम धेरै लाग्ने भएकोले हाल कामको सिल्सिलामा कान्साइमा रहनुभएका उहाँका दाजु यम बहादुर बि.क. मार्फत बिष्णु बहादुर बिकले एनआरएनए क्षेत्रिय समिति कान्साईलाई गरेको आर्थिक सहयोगको अपिललाई स्वीकार्दै उपसंयोजक डिल्ली प्रसाद सापकोटा ( बिष्णु )को संयोजकता आर्थिक संकलन अभियान सुरु गरिएको थियो । यस अभियानमा कुल एक लाख पचास हजार येन ( १,५०,००० )उठेको एन आर एन कान्साइले जानकारी दिएको छ । संकलित रकम मिति २०२१/१०/२१ तारिक रुपीसेन्ड रेमिटेन्स मार्फत एनआरएनए क्षेत्रिय समिति कान्साईका उपसंयोजक डिल्ली प्रसाद सापकोटा ( बिष्णु )को नामबाट बिष्णु बहादुर बिकलाई १,५०,००० (एक लाख पचास हजार एन ) पठाइएको र रु १५५, ८६५(एक लाख ५५ हजार आठ सय ६५ रुपैया )पुगेको उपसंयोजक डिल्ली प्रसाद सापकोटाले जानकारी दिनुभयो। यस अभियानमा आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण महानुभाव हार्दिक धन्यवाद ब्यक्त गर्दै बिष्णु बहादुर बिकको शिघ्र स्वास्थ्य लाभको कामना गरेको एन आर एन कान्साइ संयोजक दिलिप शर्मा गैरेले बताउनु भयो। यसैबिच पीडित बिष्णु बहादुर बिकले एन आर एन कान्साइले पठाएको रकम प्राप्त गरेकोको जानकारी दिदै एन आर एन कान्साइ लगाएत आर्थिक सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद ब्यक्त गर्दै आफुमा बाच्ने आशा पलाएको बताउनु भएको छ । बिगत लामो समय देखि एनआरएनए क्षेत्रिय समिति कान्साईले बिभिन्न सामाजिक क्रियाकलापमा सक्रिय रुपमा काम गर्दै आइरहेको छ ।