नेपालि विधार्थी समाज जापान नेसाजको १९औ अधिवेशनवाट अध्यक्षमा अजय राना चयन Uncategorized प्रवास समाचार July 12, 2021 नेपालि विधार्थी समाज जापान नेसाजको १९औ अधिवेशनवाट अध्यक्षमा अजय राना चयन हुनु भएको छ । नेपाली विधार्थी समाज जापानको १९औ अधिवेशन सम्पन्न भएको छ।कोरोनाको महामारीलाई मध्यनजर गर्दै (भर्चुअल) जुमको प्रयोग गरी अधिवेशन सम्पन्न भएको हो।नेसाज २०१९-२०२१ का अध्यक्ष कृष्ण प्रसाद भुसालको अध्यक्षता,एनआरएनए एसिया प्यासिफ़िकका सम्योजक गोविन्द श्रेष्ठ ज्युको प्रमुख अतिथि नेसाजका पुर्व अध्यक्ष हरु,सल्लाहकार हरु,जापानमा सक्रिय विभिन्न संघ संस्थाका पदाधिकारीको उपस्थितिमा कार्यक्रमको सुरुवात भएको थियो।नेसाजका महासचिव अजय रानाले संचालान गर्नु भएको कार्यक्रममा नेसाजका वरिष्ठ उपाध्यक्ष एवम् अधिवेशन सम्योजक प्रकाश भण्डारी क्षेत्रीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो। त्यसैगरी नेसाजका कोषाध्यक्ष विकाश अधिकारी ज्युले नेसाजको प्रतिवेदन पेस गर्नु भएको थियो।विभिन्न संघ संस्थाबाट पाल्नु भएका अतिथि हरु र प्रमुख अथिति हरुको सुभकामना मन्तव्य पछी कार्यक्रमका अध्यक्ष कृष्ण भुसालज्युले नया निर्वाचित पधादिकारीहरुको घोषणा पुर्व अध्यक्ष तेज प्रकाश गुरूङलाई जिम्मा लगाऊदै कार्यक्रमको समापन गर्नु भएको थियो। पुर्व अध्यक्ष तेज प्रकाश गुरुङ ले संस्थाको विधान अनुसार अजय रानाको अध्यक्षतामा २०२१-२०२३को नया कार्यसमिति गठन गर्नु भएको थियो।अध्यक्ष अजय राना, उपाध्यक्ष पवन श्रेष्ठ महासचिव सन्जय कार्की ,सचिव निरन्जन भण्डारी, सहसचिव ईश्वर थापा कोषाध्यक्ष सुनील ज्ञावालि,सहकोषाध्यक्ष रिन्कु कार्की , सदस्यहरु क्रमश:नविना भण्डारी,मनोज अधिकारी,कृष्ण परियार,सुभर्ण भट्ट,शौरभ कार्की,अमित श्रेष्ठ ,राजेन्द्र गिरी रोशन भट्टराई,हरी प्रसाद न्यौपाने,कृष्ण खनाल,विकाश न्यौपाने,सुवास लामिछाने चयन हुनुभएको नेसाजका २०१९-२०२१ का वरिष्ठ उपाध्यक्ष एवम कार्यक्रम सम्योजक प्रकाश भण्डारी क्षेत्रीले जानकारि दिनु भएको छ। जापानमा अध्ययनरत नेपाली विद्यार्थी हरुको हक हित ज्ञान सिपको समायोजन् गर्ने उद्देस्यले १९९७ मा स्थापना भएको नेपाली विद्यार्थीहरुको गौरवशालि ईतिहास बोकेको संस्था नेसाज जापानको पुरानो संस्था मध्य पर्छ।