बुद्ध जन्मस्थल आउन पाएकोमा खुसी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समाचार May 16, 2022May 16, 2022 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी ओर्लिएका छन् । उनी सोमबार बिहान साढे १० बजे भैरहवामा आइपुगेका थिए ।त्यहाँबाट उनी सिधै लुम्बिनीस्थित मायादेवी मन्दिरतर्फ लागेका छन् । उनी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नओर्लिएर भैरहवामा उनका लागि निर्माण गरिएको हेलिप्याडमा ओर्लिएका थिए ।मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले हेलिप्याडमै पुगेर स्वागत गरेका थिए ।नेपाल ओर्लिए लगत्तै मोदीले ‘बुद्ध जन्मस्थल आउन पाएकोमा खुसी भएको’ प्रतिक्रिया दिए ।उनको स्वागतका लागि प्रधानमन्त्री देउवासहित सरकारका मन्त्रीहरु पनि लुम्बिनी पुगेका छन् ।