एनआरएनए कान्साईको सामाजिक अभियानमा अर्को पाइला खुसी बाँडे खुसी बढ्छ समाचार April 6, 2021April 6, 2021 बालबालीका सडकबाट ल्याएर उचित शिक्षा दिक्षा दिनुको साथै खानपान तथा आवाशको समेत व्यवस्था गरि उनिहरूलाई नया जिवन प्रदान गरिरहेको जोरपाटी स्थित काठमाडौमा रहेको सोबर रिकवरी ट्रीटमेण्ट एंड रिह्याबिलीटेशन सेन्टरलाई एनआरएनए जापान,क्षेत्रिय समिति कान्साईले नेपाली दुई लाख रुपौया आर्थिक सहयोग गरेको छ । एन आर एन जापान कान्साई क्षेत्रिय समिताकाका संयोजक कृष्ण शर्मा गैरेले उक्त रकम हस्तान्तरण गर्नु भएको हो ।रकम हस्तान्तरण कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारी तथा एनआरएनए कान्साईका पूर्व संयोजक टिकाराम कंडेलको पनि उपस्थिति रहेको थियो। रकम हस्तान्तरण कार्यक्रममा आफ्नो मन्तव्य राख्दै एनआरएनए कान्साईका संयोजक कृष्ण शर्मा गैरे यसरी भविष्यका कर्णधारहरूप्रति आफ्नो संस्थाको माध्यमबाट सहयोग गर्न पाउदा अलौकिक आनन्द प्राप्त गरेको भन्दै बालबालिकाहरूको उज्ज्वल भविष्यको कामना गर्नुभएको थियो। उक्त रकम लुगा-फाटो ,पाठ्यक्रममा चाहिने सामाग्री लगायत खेल-कूद सामाग्रीका लागि खर्चीने र यस्ता सहयोगहरूले आफूहरूको मनोबल बढाउने भन्दै संचालक द्धय वांगड़ू र गुरुंगले खुशी व्यक्त गर्नुभएको थियो।रकम हस्तान्तरण गरिसकेपछि बोल्ने क्रममा एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारीले एनआरएनए जापानको समेत साख राख्दै एनआरएनए कान्साईले गरेको आर्थिक सहयोगको प्रति कान्साई क्षेत्रिय समितिको र संयोजक कृष्ण गैरे शर्माको मुक्तकंठले प्रशंसा गर्दै भन्नुभयो”यस्तै सेवा भाव भएका व्यक्तिहरूलाई संस्थाको जिम्मेवारी पदमा समेट्दै जान सकेमा भोलीका दिनमा एनआरएनए अझ राम्रो हुदै जाने कुरामा आफू विश्वस्त रहेको भन्दै त्यस्ता व्यक्तिहरूलाई आफ्नो सधै साथ र समर्थन रहने जानकारी गराउनु भयो।पूर्व संयोजक तथा मानार्थ सदस्य टिकाराम कडेलले सेवामा एनआरएनए कान्साई सधै अगाडी रहेको भन्दै निरन्तरताका लागि शुभकामना दिनु भयो ।