
एन.आर.एन कान्साइले वरिष्ठ प्राध्यापक तथा राजनीतिक बिश्लेसक डा.सुरेन्द्र् केसी सँग अन्तर्कृया तथा नयाँ बर्ष २०७५ शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।ओसाकाको आबेनो सिमिन गाकुस्यु सेन्टर तेन्नोजी (आबेनो बेरुता३तला)एन आर एन कान्साइले आयोजना गरेको कार्यक्रममा देशको वर्तमान राजनीतिक अवस्था र आगामी भबिस्यको लगाएत बिबिध बिषयमा अन्तर्कृया भएको थियो ।समाजसेवी सुनिल केसीको पहलमा जापान आउनु भएका डा.सुरेन्द्र् केसीलाई कार्यक्रममा एन आर एन कान्साइका कार्यबहाक संयोजक प्रेम प्रसाद कंडेल र सुनिल केसिले पुष्प गुच्छाले स्वागत गर्नु भएको थियो । ओसाकामा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको उक्त कार्यक्रमलाई कार्यक्रमका राष्ट्रिय संयोजक तथा एन आर एन जापानका सल्हाकार नरेन्द्र बस्नेत दिनेशले सहजीकरण गर्नु भएको थियो।ओसाकामा आयोजना भएको कार्यक्रमले धरैलाई उत्प्ररित गरेको कार्यक्रमका राष्ट्रिय संयोजक मध्येका महेश कटवालले बताउनु भयो।डा.केसीले सहभागीहरुले राख्नु भएका बिभिध जिज्ञासाको तथ्य परक जबाफ दिनु भएको थियो ।
कार्यक्रममा नयाँ बर्ष २०७५ शुभकामना आदान प्रदान कार्यक्रम गरिएको थियो।
भिडियो नरेन्द्र बस्नेत दिनेशजि को फेसबूक बाट
ईतिहासबिद तथा राजनीतिक बिस्लेशक प्राध्यापक डा. सुरेन्द्र के सि सँगको अन्तर्कृया कार्यक्रम
Posted by Narendra Basnet Dinesh on Monday, April 16, 2018