You are here
Home > खेलकुद > कान्साई स्तरीय मैत्रीपूर्ण पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा,नाम दर्ता गर्ने समय अप्रिल १८ तारिक सम्म

कान्साई स्तरीय मैत्रीपूर्ण पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा,नाम दर्ता गर्ने समय अप्रिल १८ तारिक सम्म

गल्कोट समाज जापान कान्साइ क्षेत्रिय समितिले आगामी अप्रिल २० तारिक आयोजना गर्न लागेको कान्साई स्तरीय मैत्रीपूर्ण पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ । गल्कोट समाज जापान क्षेत्रीय समिती कान्साईका सचिब नरबहादुर थापाले ब्यबस्थापकिय सम्पूर्ण तयारी पुरा भएपनि कान्साइमा रहेका धेरै भन्दा धेरै संघ संस्था तथा समुहको उपस्थिती रहोस भन्नका लागि सहभागी समुहको नाम दर्ता गर्ने समय अबधी अप्रिल १८ तारिक साझा ७ बजे सम्मको लागि थप गरिएको दीप्श्री अन्लाईन जानकारी दिनु भयो।
कान्साई स्तरीय मैत्रीपूर्ण पुरुष भलिबल प्रतियोगिताको पत्राचार कान्साईमा क्रियाशील सम्पूर्ण संध संस्थामा गरिसकिएको र कारणबश कसैले जानकारी पाउन सक्नु भएको छैन भने यसै सुचनालाई आधार मानेर भलिबल प्रतियोगितामा सहभागी गर्न ,गराऊनुहुन सम्पूर्ण खेलप्रेमी, समाजसेबी,बुद्धिजिवी,ब्यापारी, बिधार्थी, शुभचिन्तक लगाएतका यहॉंहरु सबैमा प्रतियोगिता सफल पारीदिनुहुन हार्दिक निमन्त्रणा सहित उपस्थितीको लागि गल्कोट समाज जापान कान्साइ क्षेत्रिय समितिले अनुरोध गरेको छ ।

Leave a Reply

Top