बिष्णु सापकोटाको पहलमा निर्माण भएको बिद्यालयको नयाँ पक्की भबन अप्रिल २२ तारिक हस्तान्तरण गरिने प्रवास विविध समाचार April 18, 2018 जापानमा रहेको गैर नाफामुलक संस्था सन वोर्ल्ड भिजनको आर्थिक सहयोग र जापानको ओसाकामा ब्यवसाय संचालन गर्दै आएका बाग्लुङ दमेकका युवा बिष्णु सापकोटाको पहलमा बाग्लुङ जिल्ला जैमिनि नगरपालिका २ स्थित बनहहुँमा रहेको श्रीसरस्वती प्राथमिक बिद्यालयको चार कोठाको नयाँ पक्की भबनको निर्माण कार्य सम्पन्न भएको छ ।भबनको उदघाटन आगामी अप्रिल २२ तारिक गरिने भएको छ ।जैमिनि नगरपालिकाका मेयर ईन्द्र राज शर्मा प्रमुख अतिथी रहनु हुने उक्त कार्यक्रममा सन वोर्ल्ड भिजनका प्रमुख यमानो कजुयोसीले बिद्यालयको उद्घघातन गर्नुहुने बताइएको छ । उदघाटनका लागि जापान बाट सहयोगी संस्थाका प्रमुख यमानो कजुयोसी सहितको टोली अप्रिल १९ तरिक नेपाल जादै छ ।सोहि दिन बिद्यालयको उदघाटन संगै एम्बुलेन्स पनि हस्तान्तरण गरिने छ। उक्त भबनको समाज सेवी धनपति सापकोटा प्रमुख अतिथी रहनु भएको एक कार्यक्रममा ८४ बर्ष पार गरिसक्नु भएका अग्रजहरु धनपति सापकोटा सहित आग्रज समाज सेवीहरु नरिश्वर सापकोटा, कृपा राम अम्माई, हरिलाल सापकोटा र श्यामलाल सापकोटाले धर्मिक बिधी पूर्वक जग पूजा गरी संयुक्त रुपमा शिलान्यास गर्नु भएको थियो। यस भबन लाई स्ट्रेन्थ डेवलोप्मेन्ट प्रालीको प्राबिधिक सहयोगमा निर्माण सम्पन्न गरिएको कम्पनीका प्रमुख जगन अम्माइले जानकारी दिनु भयो। २०४५ माघ २१ मा स्थापना भएको उक्त प्राथमिक बिद्यालय २०७२ सलमा गएको महा भुकम्पको कारणले क्षतीग्रस्त भएपछी पठन् पाठनमा केही समस्या भएको थियो । बिद्यालयका प्रधानाध्यापक छबिलाल सापकोटाले नयाँ भबनको निर्माण सँगै बनहुँमा शिक्षाको नयाँ बिहानिको सुरुवात हुने बताउनु भयो। बिद्यालय निर्माणकोलागि सहयोग गर्नुहुने सम्पूर्ण महानुभाबलाई बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ॠषिराम सापकोटाले धन्यबाद दिदै आगामी दिनहरुमा पनि निरन्तर रुपमा सहयोगकालागि अनुरोध गर्नु भएको छ । यसै बिच जिल्लाको दुर्गम मानिने बनहुँ २ ले प्राप्त गर्ने एम्बुलेन्स सेवालाई श्री सरस्वती प्राथमिक बिद्यालयले संचलन गर्ने छ ।स्थानिय सडक अब्यबस्थित भएकोले बिरामी भएको समयमा यातायातका साधन पाउन समस्या परेको थियो । एम्बुलेन्स प्रप्ती पछी अती आवश्यक समयमा अस्पताल जान सजिलो हुने भएको छ ।लामो समयको प्रयास पछी आफ्नो योजना सफल हुन लागेकोमा खुशी प्रकट गर्दै सहयोगी सबैलाई सुन्दर बनहुँका अध्यक्ष प्रेम सापकोटा र उपाध्यक्ष बिष्णु सापकोटाले संयुक्त रुपमा धन्यवाद व्यक्त गर्नु भएको छ। आगामी अप्रिल २२ तारिकमा हुने उदघाटन समरोहमा उपस्थित हुन आयोजकले सबैमा अनुरोध गरेको छ ।