You are here
Home > खेलकुद > नेपाली तेक्वान्दो टोली जापान आउदै

नेपाली तेक्वान्दो टोली जापान आउदै

सोह्रौं डब्लुएटीए आईसीटीओ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ३० सदस्यीय नेपाली टोली बिहीबार जापानको ओसाका प्रस्थान गर्दैछ ।
अप्रिल २१ देखि २२ तारिखसम्म हुने प्रतियोगितामा विवेक श्रेष्ठ, चन्दु शाही, तिलक लामा, नन्दु विष्ट, प्रदीप आले मगर, सिद्धार्थराज प्रधान, जुनसाङ लामा तामाङ, अभय थापा, आयुश मगर, सौजन न्यासुर, विनोद थापा, आर्यन पौडेल, गौरव बरुण, परागदास गोर्खाली, जयराम कहर, दिपेन्द्रबुद्ध पृथी, भुमिश्वर भुसाल, सुनील सिंह, उज्जवल श्रेष्ठ, जय सुवेदी र कासिफ मियाले प्रतिस्पर्धा गर्नेछन् ।
टिम प्रशिक्षकमा अशोक खड्का, अमिन तामाङ, प्रकाशमान राजभण्डारी, कोसिशबहादुर खड्का र रोशन खान तथा व्यवस्थापकमा निरज कुइकेल, दिल महर्जन, राजकुमार पाण्डे र हरिराम सापकोटा रहेका छन् ।
टोलीलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा बिदाइ गरे । यसैबीच नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रेम भण्डारीलगायतले पनि छुट्टै कार्यक्रममा टोलीलाई बिदाइ गरेका थिए ।
सोह्रौं डब्लुएटीए आईसीटीओ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप यही अप्रिल २१ र २२ तारिक ओसाकाको साकाइसी मा अबस्थित ओहामा ताईइकु कान मा हुनेछ ।

Leave a Reply

Top