You are here
Home > Uncategorized > नागरिक सुनुवाई कार्यक्रमले महानगरको सपनालाई सहयोग पुग्ने ः मेयर विद्यासुन्दर शाक्य

नागरिक सुनुवाई कार्यक्रमले महानगरको सपनालाई सहयोग पुग्ने ः मेयर विद्यासुन्दर शाक्य

फागुन ४, शनिबार ।


स्वच्छ, शान्त र सुविधा सम्पन्न महानगरपालिकाको परिकल्पनालाई साकार बनाउन काठमाडौं महानगरपालिका दिनरात गृहकार्यमा जुटिरहेको काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले बताए । सामुदायिक सेवा केन्द्र एवंम् सामुदायिक प्रहरी सेवा केन्द्र कुलेश्वरको संयुक्त आयोजनामा आयोजित नागरिक सुनुवाई कार्यक्रममा मेयर शाक्यले जनप्रतिनिधीले मात्र महानगरको विकास सम्भव नहुने बताउदै सबै महानगरवासिको सक्रियता आवश्यक रहनेमा जोड दिए ।
बढ्दो सवारी साधनाको व्यवस्थापन, सवारी दुर्घटनाका लागी सचेतना कार्यक्रम, पार्किङ्ग स्थलको व्यवस्थापनका लागी निरन्तर ट्राफिक प्रसासन लागी रहेको महानगरीय ट्राफिक महाशाखाका रामशाहपथका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक वसन्त पन्तले जानकारी दिए ।

कार्यक्रममा उठेका प्रश्नको सम्बोधन गर्ने क्रममा महानगरीय प्रहरी काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक बसन्त कुमार लामाले प्रहरी नागरिकको सुरक्षाको लागी कुनै कसर बाँकी नराख्ने बताए ।

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द« कुलेश्वरका संरक्षक कृष्ण गोपाल श्रेष्ठले नागरिकको गुनासो वडा तथा महानगरपालिका समक्ष पु¥याउन नागरिक सुनुवाई कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा ढल व्यवस्थापन, सोलार बत्तीको आवश्यक्ता, अव्यवस्थित पार्किङ्ग, फोहोर व्यवस्थापन र अव्यवस्थित बजारले वडा तथा महानगरको स्वरुपमा असर पारिरहेको सहभागीहरुले औल्याए ।

कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष गोपाल कृष्ण श्रेष्ठले नागरिक सुनुवाईमा आएका जनभावनालाई कार्यपत्र बनाई वडा, महानगरपालिका, ट्राफिक महाशाखा र प्रहरी कार्यलयमा प्रस्तुत गर्ने बताए । नागरिक सुनुवाई कार्यक्रममा विभिन्न सामुदायिक सेवा केन्द्रका अध्यक्षहरु, स्थानिय संघसंस्थाका अध्यक्षहरु, वुद्धिजिवी, समाजसेवी लागयतको उपस्थिती रहेको थियो ।

सुनुवाई कार्यक्रमलाई निरन्तरता दिन सामुदायिक सेवा केन्द्र कुलेश्वर लागी रहने कार्यक्रमका संयोजक तथा महासचिव दिपेशमान जोशीले जानकारी गराए ।

Leave a Reply

Top